१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

स्वदेशी उत्पादन प्रयाेग गर्न उपदेश दिदैँ हिडेका रविले आफ्नै श्रीमतीलाई सम्झाउन सकेनन् !

विराटनगरमा पार्टीकाे कार्यक्रम चलिरहदाँ, रविकी पत्नी निकिता दिनभर भारतकाे जाेगबनीमा सपिङ्गमा व्यस्त
Logo

विराटनगर, साउन १
निरज बस्नेत
कार्यक्रम प्रस्तोता रवि लामिछानेले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको मोरङ जिल्ला स्तरको कार्यकर्ता भेला शनिवार विराटनगरमा सम्पन्न भएको छ । स्थानीय जैन भवनमा यो कार्यकर्ता भेला भइरहँदा रवि यसैमा संलग्न भएका थिएँ भने श्रीमती निकीता पौडेल जोगवनी भारत गएकी थिइँन् । रविले अक्सर भन्ने गर्छन्, म स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्छु । यही रविद्धारा स्थापित   मान्यतालाई उनकै अर्धाङिनी निकीताले लत्याइदिएकी छिन् ।

शनिवारको कार्यक्रममा  रविले भने शिरदेखी पाउँसम्म नेपाली पहिरननै लाएका थिएँ । तर उता रविकी श्रीमती भने विराटनगरदेखी ६ किमी दूरीमा रहेको छिमेकी जोगबनी सपिंङ गर्न गएकी थिइन् ।रवि दिनभरी पार्टी विस्तार कार्यक्रममा सहभागी भइरहदा उनकी श्रीमती निकिता श्रणभरपनि कार्यक्रममा देखिनन्, भारतमा सपिङ गर्न व्यस्थ थिइन् ।  पुरा नेपाललाई परिवर्तन गरेर देखाउछु भन्दै संचारकर्म छाेडेर राजनितीतर्फ हाेमीएका लामेछानेले आफ्नै श्रीमतीलाई समेत परिवर्तन गर्न सकेकाे देखिएन।

नेपालकाे सिमासँग जाेडिएकाे भारतकाे ठुला साना सहरहरुले नेपाली बजारलाई पुर्णरुपमा प्रभावित पारिरहेकाे छ । सिमावर्ती क्षेत्रमा फस्टाईरहेकाे तस्करीले अहिले नेपाली  बजार सुकिरहेकाे छ । भन्सारकर्मचारी, प्रशासन तथा बिचाैलियाहरुकाे मिलेमत्ताेमा चलिरहेकाे विना भन्सार माल आयत गर्ने अवैध कार्य क्यारिङले नेपाली बजारकाे एक नब्बरी व्यापारीलाई ठुलाे आघात पुर्याएकाे छ । परिवर्तन गरेर देखाउछु भन्दै हिडेकाे रविले विराटनगर आएर उठाउनु पर्ने यी विषयहरु थिए । तर विषय उठान् गर्नु त परै जाओस् उनले आफ्नै श्रीमतीलाई समेत सम्झाउन सकेनन् ।

शनिबारकाे जिल्ला भेलामा जम्मा सय जनाकाे पनि उपस्ठिती देखिएन् । शिशु अवस्थामा हुर्कि रहेको रविको यस पार्टीलाई राम्रो हेरचाह दिनुपर्नेमा उल्टै रविकी जीवन संगिनीबाट खासै चासो नदिई जोगबनी हानीनुलाई सामान्य बिषयवस्तु किमार्थ ठानिनुहुन्न ।
शुक्रबार विराटनगर आएका रविको ७ जनाको टोली रोडशेष चोकमा रहेको इष्टन स्टार होटलमा वास बसेका थिएँ । यहाँ आउँनुअघि सुनसरी र झापाको टूर सकी आएँका थिएँ । झापामा केही हदसम्म मान्छेको राम्रै उपस्थिती थियो । सुनसरीमा ठीकठाक रह्यो । विराटनगरको कार्यक्रमले सोचे मुताविक सफललता हात पारेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]