०४ साउन २०८२, शनिबार
19-07-2025 , Sat
Gold Silver Price (27 ASAR 2082, FRI)
Fine Gold 1 Tola NRs. 192300
Silver 1 Tola Nrs. 2235

घोँघापुल चोकबाट मलाया रोडमा सर्यो जनरल हस्पिटल

Logo
प्रकाशित बिहिबार, साउन २६, २०७९

विराटनगर, श्रावन २६
विराटनगरको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर पुनः संचालनमा आएको छ । बुधवार विराटनगर १३ मलायारोड (साल्ट टेडिङ्ग) स्थित आफ्नै भवनामा स्थानतरण भई अस्पताल पुःन संचालनमा आएको हो । यस अघि घोँघापुलचोकमा रहेको लिजको भवनमा अस्पताल संचालन हुदै आएको थियो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बुधवार रिवन काटेर नँया भवनको उद्घाटन गरेको थिए । तीन कट्ठा क्षेत्रफलमा १५ करोड भन्दा बढी लगानीमा प्रारम्भिक चरणमा १५ शय्याको अस्पताल सञ्चालन आएको जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टर प्रालिका अध्यक्ष जय प्रकाश रायले बताए । अध्यक्ष रायले भने ‘यसलाई छिट्टै नै २५ सैयाको अस्पताल बनाउने र कालान्तर सिट संख्या बढाउदै जाने हाम्रो योजना छ ।

आफ्नै भवनमा हस्पिटल सञ्चालनमा आएपछि विशिष्टीकृत सेवा प्रदान गर्ने अध्यक्ष रायले बताए । हस्पिटलमा आइसियु, एन आइसियु, भेन्टिलेटर, इन्डोस्कोपी, ई सिजी, एकसरे, अल्ट्रासाउन्ड पनि नयाँ भवनबाट सुरु हुने उनले बताए ।

अस्पतालमा बाल रोग विशेषज्ञ डा . फरेन्द्र साह, वरिष्ठ फिजिसियन डा. सच्चिदानन्द दास, वरिष्ठ जनरल तथा ल्यप्रोस्कोपी सर्जन डा। क्षितिज गिरी, फिँजियो थेरापिस्ट डा. मो. जा वेद पी.टी. अर्थोपेटिक सर्जन डा. मिलन केसी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तुलसी महतोलगायतले सेवा दिनेछन् । डा . फरेन्द्र साह अस्पतालका मेडिकल डाइरेक्टर पनि हुन् ।

आफ्नै भवनमा सञ्चालनमा आएको हस्पिटलमा एक सय भन्दा बढीले रोजगारी पाउने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२९ असार । पतंजली महानगर योग समिति विराटनगरले नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान गरेको छ । महिला पतंजली योग महानगर समिति तथा पतंजली योग समिति मोरङको समन्वयनमा विराटनगर ४ दयालु राधाकृष्ण धर्मशालामा कार्यक्रम भएको हो । २५ जना भन्दा नयाँ योग साधक,साधिकाहरुलाई प्रमाणपत्र र परिचय प्रदान गरिएको महानगर योगसमिति संयोजक शिल्पा प्याकुरेलले जानकारी दिइन् […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]