३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

घोँघापुल चोकबाट मलाया रोडमा सर्यो जनरल हस्पिटल

Logo

विराटनगर, श्रावन २६
विराटनगरको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर पुनः संचालनमा आएको छ । बुधवार विराटनगर १३ मलायारोड (साल्ट टेडिङ्ग) स्थित आफ्नै भवनामा स्थानतरण भई अस्पताल पुःन संचालनमा आएको हो । यस अघि घोँघापुलचोकमा रहेको लिजको भवनमा अस्पताल संचालन हुदै आएको थियो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बुधवार रिवन काटेर नँया भवनको उद्घाटन गरेको थिए । तीन कट्ठा क्षेत्रफलमा १५ करोड भन्दा बढी लगानीमा प्रारम्भिक चरणमा १५ शय्याको अस्पताल सञ्चालन आएको जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टर प्रालिका अध्यक्ष जय प्रकाश रायले बताए । अध्यक्ष रायले भने ‘यसलाई छिट्टै नै २५ सैयाको अस्पताल बनाउने र कालान्तर सिट संख्या बढाउदै जाने हाम्रो योजना छ ।

आफ्नै भवनमा हस्पिटल सञ्चालनमा आएपछि विशिष्टीकृत सेवा प्रदान गर्ने अध्यक्ष रायले बताए । हस्पिटलमा आइसियु, एन आइसियु, भेन्टिलेटर, इन्डोस्कोपी, ई सिजी, एकसरे, अल्ट्रासाउन्ड पनि नयाँ भवनबाट सुरु हुने उनले बताए ।

अस्पतालमा बाल रोग विशेषज्ञ डा . फरेन्द्र साह, वरिष्ठ फिजिसियन डा. सच्चिदानन्द दास, वरिष्ठ जनरल तथा ल्यप्रोस्कोपी सर्जन डा। क्षितिज गिरी, फिँजियो थेरापिस्ट डा. मो. जा वेद पी.टी. अर्थोपेटिक सर्जन डा. मिलन केसी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तुलसी महतोलगायतले सेवा दिनेछन् । डा . फरेन्द्र साह अस्पतालका मेडिकल डाइरेक्टर पनि हुन् ।

आफ्नै भवनमा सञ्चालनमा आएको हस्पिटलमा एक सय भन्दा बढीले रोजगारी पाउने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]