२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
Gold Silver Price (25 falgun 2082, Monday)
Fine Gold 1 Tola NRs. 313700
Silver 1 Tola Nrs. 5425

शेर्पा ब्राण्डका टायर सार्वजनिक

Logo

विराटनगर, साउन २९

नेपाली टायर उद्योग ग्रिन टायर प्रालिले शेर्पा ब्राण्डको ‘एग्रिकल्चर टायर’ बजारमा ल्याएको छ । मोरङको कटहरी ४ मा रहेका सो उद्योगले शेर्पा ब्रान्डमा थप ६ प्रकारका टायर उत्पादन गरी बजार पठाएकाे हाे ।

उद्योगले विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी उक्त टायर बजारमा ल्याएको जानकारी गराएको छ । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र ग्रीन टायर उद्योग प्रा.लि.का प्रबन्धक निर्देशक विनित सिंघानियाले संयुक्त रुपमा टायर सर्वाजानिक समेत गरेका थिए ।

ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भूमि, सारथी मोडलका ठूला र साना टायरहरू उत्पादन सुरू गरिएको प्रबन्धक निर्देशक सिंघानियाले बताए । उनका अनुसार उच्च पहाडी भेगमा चल्ने ६० एचपीभन्दा बढीका, भित्री मधेस तथा सामान्य पहाडी भेगमा चल्ने ६० एचपीका र तराईमा चल्ने ३५ देखि ४५ एचपीका ट्र्याक्टरका साना र ठूला दुवैखाले टायरको उत्पादन यस उद्योगले थालेको हो।

शेर्पा टायर भारतमा उत्पादित विभिन्न ब्रान्डका ट्र्याक्टरका टायरका भन्दा १० देखि १५ प्रतिशतले सस्तो भएको कम्पनीको दाबी छ । र गुणात्कम हिसाबले पनि शेर्पा टायर अन्य भारतिय टायरहरु भन्दा अब्बल रहेको समेत कम्पनीको जिकिर छ ।

शेर्पा ब्रान्डका टायरमा काँटी गाडिने सम्भावना कम भएका, टायर हिलोमा नभासिने तथा नचिप्लिने, गहिरोमा पनि चलाउन सकिने र पन्चर हुने सम्भावना पनि कम भएको समेत कम्पनीको तर्फबाट बताईएको छ ।
उद्योगले २०७३ सालदेखि डेल्टा ब्रान्डमा मोटर साइकल र थ्री ह्विलरका टायरको उत्पादन गरेर आफ्नो व्यवसाय सुरु गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]

विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]