०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri

जिटोको पहिलो अन्तर्राष्ट्रिय महिला शाखा विराटनगरमा गठन

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९

दिनेश खड्का

विराटनगर, भदौ ६
जैन ईन्टरनेश्नल ट्रेड आर्गनाईजेशन (जिटो) को पहिलो अन्तर्राष्ट्रिय महिला शाखा (जिटो लेडिज विङ्स) विराटनगरमा गठन भएको छ ।

विराटनगर विङ्सकोे लागी सन्तोष जैनको अक्ष्यक्षतामा ३० सदस्यीय समिति गठन भएको छ । त्यसैगरी उपाध्यक्षद्वयमा शोभना दुगड र मीना गोल्छा, सचिव रोज धाडेवाल, सहसचिवद्वय मिनल तातेड र डा.नुतन नौलखा र कोषाध्यक्षमा सरिता गोल्छा चयन भएका छन् ।

आईतवार विराटनगरको होटल ह्यरिसनमा आयोजित जिटोको औपचारिक कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् ।
जैन महिलाहरुलाई आर्थिक गतिविधिमा सहभागिता गराउनु जिटो लेडिज विङ्सको मुल उद्देश्य रहेको अध्यक्ष सन्तोष जैनले कार्यक्रममा बताईन् । नेपालमा कारिब २ हजार जैन परिवार छन् र ति परिवारहरुको महिला सदस्यहरुलाई समाजिक र आर्थिक रुपमा जागरुक बनाउन जिटो लेडिज विङ्सले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष जैनले प्रतिबद्धता समेत व्यक्त गरिन् ।

नेपालका पूर्व उद्योग राज्यमन्त्री मोति दुगड सहित जैन महिला विभाग भारतकी उपाध्यक्ष अधिवक्ता मिनलभरत खोना, सचिव शीतल दुगड, पूर्व क्षेत्रकी संयोजक ज्योती जैन र जिट्टो काठमाडौंका प्रमुख सचिव मनोज सेठियाको कार्यक्रममा उपस्थिति रहेको थियो ।
जिटोको भारत स्थापना भएको एक अन्तराष्ट्रिय संगठन हो । यसको मुख्यालय भारतको मुम्बाईमा छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनकुटा, ६ बैशाख । धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो । मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो । अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । […]

विराटनगर, वैशाख ६ । बिहिबार महेश्वरी महिला मञ्च विराटनगरले एकै थलाेमा १५ जाेडीकाे सामूहिक विवाह गराएकाे छ। माेरङ्ग र झापाका १५ विपन्न जाेडीलाई मंञ्चले आज विराटनगरमा सामूहिक विवाह गराएकाे हाे । विराटनगरको श्री विराटेश्वर शिव मन्दिरमा वैवाहिक विधि सम्पन्न गरी बेहुला बेहुलीको संयुक्त टोली विवाह स्थल अतिथि सदन पुगेका थिए । विवाह समाराेहमा नवविवाहित प्रत्येक […]

विराटनगर,५ बैशाख  / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–३ स्थित वारुणयन्त्र (दमकल)को अनुगमन गरेका छन् । सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको भन्दै मेयर कोइरालाले दमकललाई चुस्तदुरुस्त राख्न निर्देशनसमेत दिए । कोइरालाले आगलागीको खबर आएको एक सेकेण्ड पनि ढिलो नगरी घटनास्थलमा पुग्न निर्देशन दिएका थिए । मेयर कोइरालालाई वारुणयन्त्रको समेत जिम्मेवारी सम्हालिरहेका महानगर प्रहरीका प्रमुख […]