१२ जेठ २०८२, आइतबार
25-05-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

थलाहा स्वास्थ्य चौकीमा ल्याब सुचारु

Logo
प्रकाशित शुक्रबार, भाद्र १०, २०७९

कटहरी, भदौ १०

यहाँ गाँउपालिकाको थलाहा गाँउमा रहेको स्वास्थ चौकीमा ५० लाखको लगानीमा मेडिकल ल्याब संचालन गरिएको छ । सोमबार गाँपाका अध्यक्ष देवनारायण चौधरी , यँहाकै प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्य, कार्यपालिका सदस्य श्यम मण्डल र जीतनारायण सरदार लगाएतले रगत गरिक्षण गराएर सेवा शुभारम्भ गरेका थिए ।

गाँउमै ल्याब संचालनमा आएपछि स्थानीवासीहरुले स्वस्थ्य परिक्षणको लागी अन्यन्त्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यँहा ल्याब नहुँदा स्थानीहरु समान्य स्वास्थ्य परिक्षण गराउन पनि विराटनगर, रंगली वा अन्यन्त्रै धाउनु पर्ने बाध्यता थियो । गाँउपालिका अध्यक्ष चाैधरीले भने “हामीले न्युनत्तम शुल्क लिएर कटहरीबासीका लागी गाँउमै ल्याब सेवा संचालनमा ल्याएका छौ, अब स्थानीयहरुले चर्को मुल्य तिरी शहरमा गएर स्वास्थ्य परिक्षण गराउने बाध्यताको अन्त्य भएको छ ।”

ल्याब संचालनमा आएपछि थलाहा स्वास्थ्य चौकीले ५० विभिन्न प्रकारका परिक्षण गर्न सक्ने बताईएको छ । ल्याब महिलालाई सतप्रतिशत र ५ वर्षभन्दा मुनिका वालबालिका र ज्येष्ठ नागरिकलाई ७० प्रतिशत छुटमा सेवा प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत आचार्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १० जेष्ठ । गणतन्त्र दिवसकै दिन पारेर  राजावादी समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आन्दोलन घोषणा गरेसँगै यसबारे चर्चा–परिचर्चा हुँदै आएको छ भने उक्त समूहले अहिले आन्तरिक तयारीलाई तीव्रता दिइरहेको छ । सुवेदीको नेतृत्वमा गत चैत ४ मा पहिलो पटक राजसंस्था पुनर्स्थापनाका लागि भन्दै […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]

झापा, जेठ १० । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बरावरको स्कूल व्याग सहितका स्टेशनरी […]