३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

औचित्य पुष्टि नभएपछि सेलायाे अतिथि सदनको विज्ञापन विवाद

Logo
प्रकाशित सोमबार, भाद्र २०, २०७९

निरज बस्नेत
विराटनगर, भदौ २०

अथिति सदनको भित्तामा पेन्टिङ गरिएको विज्ञापनविरुद्ध केही मारवाडी युवाले छेडेको संघर्ष अन्ततः औचित्यहिन देखिएको छ । यस सघंर्षका अगुवा स्थानीय व्यापारी आशिष लखोटियाले विरोधको औचित्य पुष्टि गर्न नसकेपछि, अन्य युवाहरु पनि सो संघर्षबाट पछि हटेका छन् ।

सदनको दक्षिणपट्टिको भित्ताको बाहिरी भागमा राठी केबलको विज्ञापन वाल पेन्टिङ गरिएको छ । सदन समितिले उक्त भित्ता वार्षिक ५० हजार ठेक्कामा राठी केवललाई विज्ञापन गर्नको लागी दिइएको बुझिएको छ । तर लखोटिया लगाएत केही युवाहरुले सदनको भित्तामा व्यापारीक विज्ञापन गर्न नहुने तर्क गर्दै विरोध जनाईरहेका छन् ।

लोखोटियाले विज्ञापन हटाउनु पर्ने मुद्दा उठाईरहदा विज्ञापन किन हटाउनु पर्ने ठोस कारण देखाउन सकेका छैनन् । विज्ञापन हटाउनु पर्ने मुद्दा अहिले लोखोटियाको बालहठ जस्तै भएको छ । विना कुनै आधार विज्ञापन हटाउनै पर्छ भन्दै अहिले उनी लिडेढिप्पी गरिरहेका छन् । लखोटियाले विज्ञापन हटाउने विषयलाई ईगो बनाएकाले बेतुकको विरोध गरिरहेको उनलाई नजिकबाट चिन्ने मारवाडी समुदायकै सदस्यहरु बताउँछन् ।

अतिथि सदन राष्ट्र/अन्तराष्ट्रिय सुचिमा परेको कुनै सम्पदा होईन । कानुनतः पनि विश्व सम्पदा सुचीमा नपरेका गुठीकाे संरचनामा विज्ञापन गर्नको लागी कुनै बन्देज नलगाईएको कानुनका जाँनकार बताउँछन् ।
यता सदनका अध्यक्ष दिनेश गोल्छाले कसैले सनक र रनक देखाउदैमा समितिको निर्णय नबद्लने स्पष्ट बताएका छन् । निर्णय बद्लनको लागी सभाको बहुमत चाहिन्छ र बहुमत विज्ञापन नहटाउने पक्षमा रहेको गोल्छाको दावी छ । “भित्ता जिर्ण भईसकेको थियो, भित्तामा, झार, लेउ र बिरुवा पलाउँदै थियो, जसलाई मर्मत गर्न अत्यावश्यक थियो” गोल्छाले भने “राठी केवलले सबै मर्मत गरिदिने भन्यो, विज्ञापन बापत रकम पनि दिने भन्यो र त्यस प्रस्तावलाई हामीले बोर्डबाटै पारित गर्यौ ।”

असारको पहिलो साताबाट विज्ञापन पेन्टिङ गर्न शुरु गरिए देखिनै लखिटियाले सामाजिक संजालमार्फत विरोध कार्य गर्दै आएका थिए । विज्ञापन हटाउने ठोस कारण नदेखिएकाले जति विरोध गर्दा पनि समितिले वाल पेन्टिङ मेटाउन मानेन । लखोटियाकाे चहाना अनुसार तत्कालै विज्ञापन नहटेपछि उनी झनझनै उग्र  हुँदै गए ।

लखोटियाको उदण्डता गत भदौ १४ गते सम्पन्न सदनको साधारण सभामा स्पष्ट देखियो । सदनका साधारण सदस्य समेत नरहेका लखोटियाले बन्दसत्रमा होहल्ला र स्टेजमै चढेर लफङ्गा शैलीमा माईक्रोफोनबाट कराउन थालेपछि सभा अशान्त बन्न पुग्यो । उग्रताकै कारण बाध्यताबस समितिले उनलाई सभाबाट बाहिर निकाल्नु परेको सभाका एक सदस्यले बताए ।
सभामा मच्चाएको उदण्डताको भिडियो सार्वजनिक भएसँगै अन्य मारवाडी युवाले पनि लखोटियाको साथ छोडिदिएका छन् । र भदाै १४ यता उक्त अन्दालोन शिथिल बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]