०४ साउन २०८३, सोमबार
20-07-2026 , Mon
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

औचित्य पुष्टि नभएपछि सेलायाे अतिथि सदनको विज्ञापन विवाद

Logo

निरज बस्नेत
विराटनगर, भदौ २०

अथिति सदनको भित्तामा पेन्टिङ गरिएको विज्ञापनविरुद्ध केही मारवाडी युवाले छेडेको संघर्ष अन्ततः औचित्यहिन देखिएको छ । यस सघंर्षका अगुवा स्थानीय व्यापारी आशिष लखोटियाले विरोधको औचित्य पुष्टि गर्न नसकेपछि, अन्य युवाहरु पनि सो संघर्षबाट पछि हटेका छन् ।

सदनको दक्षिणपट्टिको भित्ताको बाहिरी भागमा राठी केबलको विज्ञापन वाल पेन्टिङ गरिएको छ । सदन समितिले उक्त भित्ता वार्षिक ५० हजार ठेक्कामा राठी केवललाई विज्ञापन गर्नको लागी दिइएको बुझिएको छ । तर लखोटिया लगाएत केही युवाहरुले सदनको भित्तामा व्यापारीक विज्ञापन गर्न नहुने तर्क गर्दै विरोध जनाईरहेका छन् ।

लोखोटियाले विज्ञापन हटाउनु पर्ने मुद्दा उठाईरहदा विज्ञापन किन हटाउनु पर्ने ठोस कारण देखाउन सकेका छैनन् । विज्ञापन हटाउनु पर्ने मुद्दा अहिले लोखोटियाको बालहठ जस्तै भएको छ । विना कुनै आधार विज्ञापन हटाउनै पर्छ भन्दै अहिले उनी लिडेढिप्पी गरिरहेका छन् । लखोटियाले विज्ञापन हटाउने विषयलाई ईगो बनाएकाले बेतुकको विरोध गरिरहेको उनलाई नजिकबाट चिन्ने मारवाडी समुदायकै सदस्यहरु बताउँछन् ।

अतिथि सदन राष्ट्र/अन्तराष्ट्रिय सुचिमा परेको कुनै सम्पदा होईन । कानुनतः पनि विश्व सम्पदा सुचीमा नपरेका गुठीकाे संरचनामा विज्ञापन गर्नको लागी कुनै बन्देज नलगाईएको कानुनका जाँनकार बताउँछन् ।
यता सदनका अध्यक्ष दिनेश गोल्छाले कसैले सनक र रनक देखाउदैमा समितिको निर्णय नबद्लने स्पष्ट बताएका छन् । निर्णय बद्लनको लागी सभाको बहुमत चाहिन्छ र बहुमत विज्ञापन नहटाउने पक्षमा रहेको गोल्छाको दावी छ । “भित्ता जिर्ण भईसकेको थियो, भित्तामा, झार, लेउ र बिरुवा पलाउँदै थियो, जसलाई मर्मत गर्न अत्यावश्यक थियो” गोल्छाले भने “राठी केवलले सबै मर्मत गरिदिने भन्यो, विज्ञापन बापत रकम पनि दिने भन्यो र त्यस प्रस्तावलाई हामीले बोर्डबाटै पारित गर्यौ ।”

असारको पहिलो साताबाट विज्ञापन पेन्टिङ गर्न शुरु गरिए देखिनै लखिटियाले सामाजिक संजालमार्फत विरोध कार्य गर्दै आएका थिए । विज्ञापन हटाउने ठोस कारण नदेखिएकाले जति विरोध गर्दा पनि समितिले वाल पेन्टिङ मेटाउन मानेन । लखोटियाकाे चहाना अनुसार तत्कालै विज्ञापन नहटेपछि उनी झनझनै उग्र  हुँदै गए ।

लखोटियाको उदण्डता गत भदौ १४ गते सम्पन्न सदनको साधारण सभामा स्पष्ट देखियो । सदनका साधारण सदस्य समेत नरहेका लखोटियाले बन्दसत्रमा होहल्ला र स्टेजमै चढेर लफङ्गा शैलीमा माईक्रोफोनबाट कराउन थालेपछि सभा अशान्त बन्न पुग्यो । उग्रताकै कारण बाध्यताबस समितिले उनलाई सभाबाट बाहिर निकाल्नु परेको सभाका एक सदस्यले बताए ।
सभामा मच्चाएको उदण्डताको भिडियो सार्वजनिक भएसँगै अन्य मारवाडी युवाले पनि लखोटियाको साथ छोडिदिएका छन् । र भदाै १४ यता उक्त अन्दालोन शिथिल बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]

दिनेश खड्का, विराटनगर पर्यटन भनेपछि सामान्यतया हामी पहाड, हिमाल, ताल वा सांस्कृतिक सम्पदाको मात्र कल्पना गर्छौं, तर विश्वभरि नै “खाद्य पर्यटन” (Food/Culinary Tourism) एक छुट्टै र फस्टाउँदो पर्यटकीय आकर्षणको रूपमा स्थापित भइसकेको छ। कोशी प्रदेश नेपालको पूर्वी भागमा अवस्थित भौगोलिक रूपमै अत्यन्त विविधतापूर्ण प्रदेश हो। तराईको समथर भूभागबाट सुरु भएर पहाड हुँदै हिमाली शिखरसम्म फैलिएको […]