०८ चैत्र २०८१, शनिबार
22-03-2025 , Sat
Gold Silver Price (6 chaitra 2081, WED)
Fine Gold 1 Tola NRs. 176500
Silver 1 Tola Nrs. 2060

प्रदेश १ साक्षर प्रदेश घोषित

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९

विराटनगर, भदौ २३

प्रदेश १ लाई साक्षर प्रदेश घोषित गरिएको छ । यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत भन्दा बढी नगरिक साक्षर भएको समाजिक विकास मन्त्रायले जनाएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भए सो क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति छ ।
बिहिवार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले प्रदेशलाई साक्षर घोषणा गरेको हो । विराटनगरको आदर्श विद्यालयको प्रगणमा आयोजित एक कार्यक्रमविच प्रदेश १ का सभामुख प्रदीपक कुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरेका हुन ।
मातृ भाषा लेख्न पढ्न आउने, अकंहरु चिन्ने, क्यालकुलेटर समान्य चलाउने जान्ने, भाउचर विवरण पढ्न जान्ने अदि क्षमतालाई साक्षरताको मापदण्ड मानिएको छ । प्रदेशका १४ जिल्लालाई यस अघि नै साक्षर घोषणा गरिएता पनि समग्र प्रदेशलाई औपचारिक रुपमा सक्षर घोषणा गर्न बाँकी थियो ।

प्रदेशका १४ जिल्लालाई यस अघि नै साक्षर घोषणा गरिएको थियो । प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार सुगम जिल्लाहरूमा साक्षरता प्रतिशत कम देखिएको छ । प्राप्त तथ्याङ्का अनुसार पाँचथरमा ९७ प्रतिशत साक्षर रहेका छन् । झापामा ९८।३३ प्रतिशत, धनकुटामा ९७ .५ प्रतिशत ओखलढुङ्गामा ९९.५ प्रतिशत, इलाममा ९७.६२ प्रतिशत, खोटाङमा ९६.५६ प्रतिशत, सुनसरीमा ९५.५ प्रतिशत मोरङ ९६.५ प्रतिशत रहेका छन् । यस्तै तेह्रथुममा ९५.९८ प्रतिशत, भोजपुरमा ९६.८प्रतिशत,उदयपुरमा ९५.३२ प्रतिशत, सखुवा सभामा ९५.६३ प्रतिशत ताप्लेजुङमा ९६.४५ प्रतिशत र सोलुखुम्बुमा ९६.७३ प्रतिशत प्रतिशत साक्षर रहेका छन् । प्रदेश १ को कुल साक्षरता ९६.७४ प्रतिशत रहेको छ ।
यो घोषणासँगै प्रदेश १ तेस्रो साक्षर प्रदेश बनेको छ । यसअघि वाग्मती र गण्डकी प्रदेशलाई साक्षर घोषणा गरिसकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,७ चैत्र ।  पूर्वराजा ज्ञानेन्द्र शाह आज शुक्रबार गोरखा जाँदैछन्। शाह गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेका हुन्। उनले भोलि गोरखकाली विशेष पूजा गर्ने तयारी रहेको स्रोतले जनाएको छ। पूजाका लागि प्रो डा. जगमान गुरुङको टोली त्यहाँ पुगिसकेको छ।गोरखा दरबार भनेको श्री ५ हरुको आफ्नो घर, आफ्नो दरबार हो साथै […]

विराटनगर,८ चैत्र ।  बिहिबारबाट शुक्र अस्त  भएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त भएकाे शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, […]

काठमाडाैं, चैत ७ । भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि नेपालमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ। विशेषगरी औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ। यही बीच ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विद्युत् कटौतीको विषयमा मतभिन्नता देखिएको छ। ऊर्जामन्त्री खड्काले राष्ट्रिय सभाको बैठकमा स्पष्ट रूपमा उल्लेख गरे […]