१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

विराटनगरमा विराट राजवंशी महोत्सव हुँदै

Logo
प्रकाशित सोमबार, भाद्र २७, २०७९

विराटनगर, भदौ २७
निरज बस्नेत
विराटनगरमा दशैंलाई लक्षित गरी विराट राजवंशी दाेस्रो महोत्सव हुँदैछ । विराट राजवंशी प्रगतिशिल विकाश समाज समितिको आयोजनामा उक्त महोत्सव हुदैछ । स्थानीय हाटखोलाको मैदानमा घटस्थापनावाट गरी १२ दिनसम्म महोत्सव चल्ने कुराको जानकारी विराट राजवंशी प्रगतिशिल विकाश समाज समितिका अध्यक्ष किरण राजवंशीले दिएँ ।

साठीवटासँम्म स्टल रहने यो रमाईलो मेलामा संस्कृति झल्कने विशेष खुराक सहित राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने विराट राजवंशी दोस्रो महोत्सव आयोजक समितिकी अध्यक्ष ममता राजवंशीले बताईन् । राष्ट्रिय स्तरका कलाकारहरुमा, ज्योती मगर, प्रमोद खरेल, प्रशान्त तामाङ, अनु चौधरी,शिव परियार, मेलिना राई,सनु कुमार लगायतका छन् ।

गएको ५ चैत्र देखी एघार दिनसम्म विराट राजवंशी महोत्सवको पहिलो संस्करण विराटनगरको त्रिमूर्ति चोकमा भव्य रुपमा सफल भईसकेको कुराको जानकारी यस विराट राजवंशी दोस्रो महोत्सवका आर्थिक संयोजक मार्कण्डेय राजवंशीले दिएँ । महोत्सव विहान ११ बजे देखी राती १० बजेसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]