३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा विराट राजवंशी महोत्सव हुँदै

Logo

विराटनगर, भदौ २७
निरज बस्नेत
विराटनगरमा दशैंलाई लक्षित गरी विराट राजवंशी दाेस्रो महोत्सव हुँदैछ । विराट राजवंशी प्रगतिशिल विकाश समाज समितिको आयोजनामा उक्त महोत्सव हुदैछ । स्थानीय हाटखोलाको मैदानमा घटस्थापनावाट गरी १२ दिनसम्म महोत्सव चल्ने कुराको जानकारी विराट राजवंशी प्रगतिशिल विकाश समाज समितिका अध्यक्ष किरण राजवंशीले दिएँ ।

साठीवटासँम्म स्टल रहने यो रमाईलो मेलामा संस्कृति झल्कने विशेष खुराक सहित राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने विराट राजवंशी दोस्रो महोत्सव आयोजक समितिकी अध्यक्ष ममता राजवंशीले बताईन् । राष्ट्रिय स्तरका कलाकारहरुमा, ज्योती मगर, प्रमोद खरेल, प्रशान्त तामाङ, अनु चौधरी,शिव परियार, मेलिना राई,सनु कुमार लगायतका छन् ।

गएको ५ चैत्र देखी एघार दिनसम्म विराट राजवंशी महोत्सवको पहिलो संस्करण विराटनगरको त्रिमूर्ति चोकमा भव्य रुपमा सफल भईसकेको कुराको जानकारी यस विराट राजवंशी दोस्रो महोत्सवका आर्थिक संयोजक मार्कण्डेय राजवंशीले दिएँ । महोत्सव विहान ११ बजे देखी राती १० बजेसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]