१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एक्स्पो जुधाउने षड्यन्त्र छताछुल्ल

Logo


विराटनगर, माघ २८

उद्योग संगठन मोरङकाे नेतृत्वले सिएनआई–एक्स्पोसँग जुध्‌ने गरी विराट–एक्स्पो आयोजना गर्ने तयारी गरिरहेको खुल्नमा आएको छ । सिएनआई–एक्स्पो २०२३को आयोजक नेपाल उद्योग परिसंघ, प्रदेश १ले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्स्पो जुधाउने षड्यन्त्रबारे भण्डाफोर गरेको छ ।

सम्मेलनमा परिसंघले माघ १९ गतेबाट सिएनआई–एक्स्पो शुरु गर्ने जानकारी दिएको छ । यता सिएनआईले खुलेआम पत्रकार सम्मेलन गरी एक्स्पोको मिति घोषणा गरिरहदाँ उता उद्योग संगठन मोरङले केही संचारमाध्यममार्फत माघ २६ गतेबाट विराट–एक्स्पो गराउने तयारी गरेकोबारे जानकारी गराएको छ ।

प्राप्त जानकारी अनुसार सिएनआई–एक्स्पो माघ १९ गते देखि २८ गते सम्म हुनेछ । उता उद्योग संगठनले मिति जुध्‌ने गरी माघ २६ गतेदेखि फागुन ०३ गतेसम्म विराट–एक्स्पो गराउने तयारी गरी रहेको बुझ्नमा आएको छ । यसोहुँदा दुवै एक्स्पो माघ २६, २७ र २८मा जुध्ने छन् ।

विराट एक्स्पो २०२३ गराउने जिम्मेवारी उद्योग संगठन मोरङका वर्तमान अध्यक्ष सुयश प्याकुरेलको काँधमा छ । त्यसैगरी विराटनगरमा पहिलो पल्ट हुन लागेको सिएनआई एक्स्पो आयोजना गर्ने जिम्मेवारी परिसंघका प्रदेश १का अध्यक्ष भिम घिमिरेको काँधमा छ । घिमिरे उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष समेत हुन् ।

संगठनको निर्वतमान अध्यक्ष रहदाँ पनि विराट एक्स्पो गराउने निर्णयको बारे आफुलाई जानकारी नदिएकोले एक्स्पो जुध्‌न पुगेको घिमिरेको भनाई छ ।  सिएनआई एक्स्पो २०२३ आयोजना गर्ने निर्णय तथा स्वीकृति लिने काम समेत भईसकेकाले अब मिति हेरफेर गर्न नसकिने घिमिरेले प्रष्ट पारेका छन् । उता उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुँडामणि भट्टराईले निवर्तमान अध्यक्ष घिमिरेलाई विराट एक्स्पो गराउने विषयमा जनकारी भए/नभएको आफुलाई थाहा नभएको बताएका छन् । “हामी (उद्योग संगठन मोरङ) विराट एक्स्पोको गर्ने तयारी गरिरहेका छौं , अरुअरु के के गर्ने तयारी गरिरहेका छन् यो हाम्रो चासोको विषय होइन” भट्टराईले भने ।

दुवै एक्स्पोलाई अन्तराष्ट्रिय एक्स्पोको भनिएको छ । सिएनआई एक्स्पो विराटनगरको विराट नर्सिङ होम देखि पुर्वपट्टि रहेको शंखरपुर खेलमैदानमा आयोजना गरिने छ भने विराट–एक्स्पो दुधफारम नजिकरहेको औधषी व्यवास्था विभाग आसपासको खाली चौरमा गरिने बुझनमा आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]