२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

आयो विश्वकर्मा पूजा

Logo
प्रकाशित शुक्रबार, भाद्र ३१, २०७९

विराटनगर, भदौ ३१
निरज बस्नेत

फलामको देउता भनेर चिनिने प्रख्यात विश्वकर्मा बाबाको पूजाको लागी देश विदेशमा रहेका भक्तजनहरुले तामझामका साथ तयारी गरिरहेका छन् । प्रत्येक वर्ष १ असोजमा विश्वकर्मा बाबाको पुजा हुने गर्दछ ।
खासगरी फलाम लगाएतका धातु प्रयोग गरी काम गर्दै आएका उद्योगी तथा व्यवसायीले विश्वकर्म पुजालाई पर्वको रुपमा मनाउने गरेका छन् । तरपनि, पछिल्लो समयमा आएर धेरैले यो पुजालाई आत्मसात् गर्दे भव्य–सव्य पाराले मनाउदै आएको देखिन्छ ।

यस दिन उद्योग, कलकारखाना, पसल र घर–घरमा रहेका फलामजन्य औजारको विशेष पूजा गरिन्छ । परापूर्वकालदेखी नै विश्वकर्मा बाबालाई फलामको देउताको रुपमा चिनिएको हो । नेपालका सवैजसो फ्याक्ट्रीमा विश्वकर्मा पूजाको दिन कामदारहरुलाई विदा दिइन्छ । यसका अलावा विशेष प्रोत्साहन भत्ता समेत आफ्ना कर्मचारीलाई कतिपयले दिने गर्दछन् ।

फलामजन्य औजारले एकदिन भएपनि आराम मर्ने मौका पाउने दिनको रुपमा विश्वकर्मा पूजाको दिनलाई चित्रण गरिन्छ । यस दिन सवारीसाधनलाई भने बिहान धोएर पुजा गरी मात्र चलाउने गरिन्छ ।

विश्वकर्मा बाबाको पूजामा प्रसादको रुपमा बुनिया, भुजियाको प्रयोग अत्याधिक हुन्छ । यसका साथै फलार लगायत अन्य आफ्नो रुचि अनुसारको हुन्छ ।
आजभोली फ्याक्ट्रीहरुमा पुजारी बोलाएर हर्षोल्लासका साथमा नाचगान सहित विश्वकर्मा बाबाको पूजा गरिन्छ । विश्वकर्मा बाबाको मूर्तिको खपत धेरै हुने यो पूजामा मूर्तिकारहरुले मनग्य आम्दानी गर्दछन् । विश्वकर्मा पूजाको भोलिपल्ट पूजित मूर्तिलाई खोलामा लगि सेलाउने प्रचलन छ ।
पुष्पव्यवसायी, मिठाई पसल, फलफूल पसल, सजावटवालाहरुको यस दिन राम्रै व्यापार हुने गर्दछ । भगवानको पूजामा, मिठाईको अलावा, फलफूल, फूलको साथै सजावटका समान अनिवार्य आवश्यकता भईसकेको छ । यही पूजाका लागि भनेर, भारतबाट समेत यी सामाग्रीहरु ठुलो मात्रामा नेपाल भित्रिने गर्दछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]