२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरमा खुलेआम लंगुरवूर्जा

Logo
प्रकाशित शुक्रबार, आश्विन ०७, २०७९

विराटनगर, असोज ७
निरज बस्नेत
विराटनगरमा खुलेआम लंगुरवूर्जा (जूवा) खेलाईरहेको पाईएको छ । कानूनतः वर्जित लंगूरवूर्जा  विराटनगरको वरगाछीदेखि पश्चिमपट्टी चाँदनी चोक नजिककाे सडकपेटीमा खुलेआम खेलाई रहेकाे भेटीएकाे हाे । यहाँ बेलुका ५ बजेदेखि शुरु हुने लंगुरवूर्जा रातकाे ९ बजेसम्म चल्ने गरेकाे छ ।

शहरकै ठुलाे चाेकमा गनिने बारगाछी-चाँदनीचाेक एरीयामा  खुलेआम लंगुरवूर्जा खेलाईरहदा समेत सरोकारवाला सवै वेखवर झै बनिरहेका छन् । साे ठाँउमा पटक पटक प्रहरीकाे भ्यान ओहरदाेहर  गरिरहदाँ समेत  खाल चलाउनेहरुले निशंन्देह लु‌ंगरवूर्जा खेलाईरहेका हुन्छन् ।  विराटनगरदेखि बाहेक छिमेकी देश भारतकाे विहारबाट समेत यहाँ लंगुरवूर्जा खेल्न आउने गरेका छन्।

भिडभाँडयुक्त यस खेलमा दैनिक लाखौंको जितहार भईरहेको छ । टोल – टोलका केटाहरु यस खेलमा झुम्मिएँका कारण यस क्षेत्रका अभिभावकहरु चिन्तित छन् । प्रदेश नं. १ को राजधानी तथा एकमात्र महानगरपालिका विराटनगरमा यसरी प्रहरी प्रशासनलाई ठाडै चुनौती दिदैं लंगूरवूर्जा खेलाउनुलाई हलुका लिन कदापि मिल्दैन ।

यसरी खुलेआम रोडमा जुवाजन्य खेल खेलाईरहदा प्रहरी मूकदर्शक बन्नुले स्वयं सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बताउँदै आएको मोरङ प्रहरीलाई नराम्ररी गिज्जाईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]