०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विद्यार्थीसँग हातेमालाे गर्दै प्राकृतिक सम्पदा संरक्षणमा जुटे वडाध्यक्ष बस्नेत

Logo

सोलुखुम्वू, असोज ९
सुमन बस्नेत
देशकै नमूना जिल्ला सोलुखुम्वूको थुलुङ–दूधकोशी गाउँ–पालिका–२ का वडाअध्यक्ष युजन बस्नेतको सक्रियता समाजसेवामा केन्द्रित भएको छ । सिपाहीको रहरलाग्दो जागिर छोडी युवा अवस्थामा नै बस्नेतको मन राजनितिमार्फत गाउँको सेवा गर्नतर्फ मोडियो । गएको स्थानीय चुनावमा माओवादी केन्द्रवाट निर्वाचित बस्नेत यतिवेला गाउँको प्राकृतिक सम्पदालाई संरक्षण गर्ने कार्यमा जुटेका छन् ।

हालसालै काँगेल डाँडाँ विमानस्थलमा रहेको प्राकृतिक पोखरी र धार्मिक स्थल मन्दिरको सरसफाई एवं संरक्षण कार्यक्रम बस्नेतकै नेतृत्वमा सम्पन्न भयो । स्थानीय जीवनज्योती विद्यालयको पहिलो त्रैमासिक परिक्षा समापन पश्चात् सामाजिक विषयको परियोजना कार्यको लागि अध्यक्ष बस्नेतको समन्वयकारी भूमिकामा, विद्यालय परिवार, स्थानीय यूवाहरु, सुरक्षा निकायको अगुवाईमा प्राकृतिक सम्पदाको सरसफाई एवं संरक्षण कार्यक्रमको समापन गरियाे । यस जीवनज्योती विद्यालयका कक्षा – ८ देखि १० सम्म अध्ययनरत विधार्थीहरुको विषयगत परियोजना कार्यको लागि यस अभियानमा वडाअध्यक्ष बस्नेतसहित, शिक्षक, कर्मचारी, सुरक्षा निकाय एवं स्थानीय यूवाहरु एकत्रित भई गाउँठाउँमा सामाजिक कार्यमा यसरी होमिनूले यस भेगका अन्यको हकमा समेत गतिलो सन्देश छेडेको छ ।

जागिर खाएर त आफ्नो र परिवारको मात्र सेवा हुन्छ । तथापि जनप्रतिनिधि मूलतः सेवामय कार्यको लागि हो । यसरी नै सिपाहीको जागिरलाई तिलान्जली दिदैं वडाअध्यक्ष बस्नेत खासमा समाजसेवातर्फ अग्रसर भएको पाईयो । आम थुलुङ–दूधकोशी वडा नं. २ वासीले बस्नेतलाई मनपराई वडाअध्यक्ष जिताएँ । प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने सरसफाई अभियानमा स्थानीय जीवनज्योती विद्यालयको समन्वयकारी भूमिका खेलेकोप्रति विद्यालय परिवारले वडाअध्यक्ष बस्नेतलाई धन्यवाद दिएको छ ।

२०७० साल ५ महिना ३ गते सशस्त्र प्रहरी बलको प्रहरी जवानमा भर्ना भएका बस्नेतले ३ बर्ष नपुगदै जागिर छोडी राजनितीतर्फ हाेमिएका थिए ।  उनले २०७४ को स्थानीय चुनाव देखि नै गाँउमै बसी राजनिती गर्न सुरु गरे । २०७९ को स्थानीय चुनाबमा  माओवादी केन्द्रबाट टिकट पाएका बस्नेतले वडाअध्यक्षमा निर्वाचित हुन सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]