१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विद्यार्थीसँग हातेमालाे गर्दै प्राकृतिक सम्पदा संरक्षणमा जुटे वडाध्यक्ष बस्नेत

Logo
प्रकाशित आइतबार, आश्विन ०९, २०७९

सोलुखुम्वू, असोज ९
सुमन बस्नेत
देशकै नमूना जिल्ला सोलुखुम्वूको थुलुङ–दूधकोशी गाउँ–पालिका–२ का वडाअध्यक्ष युजन बस्नेतको सक्रियता समाजसेवामा केन्द्रित भएको छ । सिपाहीको रहरलाग्दो जागिर छोडी युवा अवस्थामा नै बस्नेतको मन राजनितिमार्फत गाउँको सेवा गर्नतर्फ मोडियो । गएको स्थानीय चुनावमा माओवादी केन्द्रवाट निर्वाचित बस्नेत यतिवेला गाउँको प्राकृतिक सम्पदालाई संरक्षण गर्ने कार्यमा जुटेका छन् ।

हालसालै काँगेल डाँडाँ विमानस्थलमा रहेको प्राकृतिक पोखरी र धार्मिक स्थल मन्दिरको सरसफाई एवं संरक्षण कार्यक्रम बस्नेतकै नेतृत्वमा सम्पन्न भयो । स्थानीय जीवनज्योती विद्यालयको पहिलो त्रैमासिक परिक्षा समापन पश्चात् सामाजिक विषयको परियोजना कार्यको लागि अध्यक्ष बस्नेतको समन्वयकारी भूमिकामा, विद्यालय परिवार, स्थानीय यूवाहरु, सुरक्षा निकायको अगुवाईमा प्राकृतिक सम्पदाको सरसफाई एवं संरक्षण कार्यक्रमको समापन गरियाे । यस जीवनज्योती विद्यालयका कक्षा – ८ देखि १० सम्म अध्ययनरत विधार्थीहरुको विषयगत परियोजना कार्यको लागि यस अभियानमा वडाअध्यक्ष बस्नेतसहित, शिक्षक, कर्मचारी, सुरक्षा निकाय एवं स्थानीय यूवाहरु एकत्रित भई गाउँठाउँमा सामाजिक कार्यमा यसरी होमिनूले यस भेगका अन्यको हकमा समेत गतिलो सन्देश छेडेको छ ।

जागिर खाएर त आफ्नो र परिवारको मात्र सेवा हुन्छ । तथापि जनप्रतिनिधि मूलतः सेवामय कार्यको लागि हो । यसरी नै सिपाहीको जागिरलाई तिलान्जली दिदैं वडाअध्यक्ष बस्नेत खासमा समाजसेवातर्फ अग्रसर भएको पाईयो । आम थुलुङ–दूधकोशी वडा नं. २ वासीले बस्नेतलाई मनपराई वडाअध्यक्ष जिताएँ । प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने सरसफाई अभियानमा स्थानीय जीवनज्योती विद्यालयको समन्वयकारी भूमिका खेलेकोप्रति विद्यालय परिवारले वडाअध्यक्ष बस्नेतलाई धन्यवाद दिएको छ ।

२०७० साल ५ महिना ३ गते सशस्त्र प्रहरी बलको प्रहरी जवानमा भर्ना भएका बस्नेतले ३ बर्ष नपुगदै जागिर छोडी राजनितीतर्फ हाेमिएका थिए ।  उनले २०७४ को स्थानीय चुनाव देखि नै गाँउमै बसी राजनिती गर्न सुरु गरे । २०७९ को स्थानीय चुनाबमा  माओवादी केन्द्रबाट टिकट पाएका बस्नेतले वडाअध्यक्षमा निर्वाचित हुन सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]