३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट राजवंशी महोत्सव आजबाट शुरु, ३ बजे हाटखोला खेलमैदानमा मेला उद्घाटन हुने

Logo

निरज बस्नेत
विराटनगर, असोज १०
विराट राजवंशी महोत्सव आजबाट विराटनगरको हाटखोला खेलमैदानमा शुरु हुँदैछ ।

महोत्सवमा रहेका ६० वटा आकर्षक स्टलहरुमध्ये अधिकांश स्टलहरु बुक भईसकेको आयोजक संस्था विराट राजवंशी प्रगतिशिल विकास समाज समितिका अध्यक्ष किरण राजवंशीले जानकारी दिएका छन् । बाँकी रहेका केही स्टलहरुको बुकिङका लागीपनि व्यापारीहरुले सम्पर्क गरिरहेको महोत्सव समितिका प्रमुख व्यवस्थापक नारायण अधिकारीले बताएका छन् ।

मेलामा साथसाथै, बालबालिकाका लागि, बाल उधान, रोटे पिङ, कोलम्वस नाउँ, ड्राइगन रेल, लगायत विविध खेलसामाग्री राखिएको छ । खानाका मिठा–मिठा परिकारको स्टल रहने हुनाले पनि खानाका स्वाद पारखीहरुको लागि महोत्सव थप रमाईलो हुनसक्दछ ।

१२ दिन चल्ने महोत्सवमा आकर्षणका रुपमा स्थानीय,राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने महोत्सव समितिका व्यवस्थापक गौरी लिम्वूले बताएका छन् । यसपालि राष्ट्रिय कलाकारहरुमा, सुमित खड्का, ज्योती मगर, प्रमोद खरेल, टंक बुढाथोकी, मेलिना राई, प्रिती आले, प्रकाश सपूत, अशोक दर्जीको साथमा नेपालीभाषी अन्र्तराष्ट्रिय गायक प्रशान्त तामाङको समेत बेजोड प्रस्तुति रहने बताईएको छ ।

आज १० असोज घटस्थापनाको दिनमा शुरु भएको महोत्सव २१ असोजसम्म गरी १२ दिनसम्म चल्नेछ । प्रत्येक दिन विहान ११ बजेदेखी राती १० बजेसम्म महोत्सव संचालन हुनेछ । यसअघिको प्रथम विराट राजवंशी महोत्सव अत्यधिक सफल रहेको थियो । यो विराटनगर राजवंशी महोत्सवको दोस्रो संस्क्रमण हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]