२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

मातृभुमी फाउण्डेशनद्धारा विद्यार्थीलाई छात्रवृति प्रदान

Logo
प्रकाशित सोमबार, आश्विन १०, २०७९

विराटनगर, असोज १०
विराटनगरमा रहेको मातृभुमी फाउण्डेशन नेपालले दुई जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

विराटनगर ६मा रहेको सावाजिया मदरसामा अध्ययनरत महमद अल्ताफ र जोया खातुनलाई फाउण्डेसनले आज एक कार्यक्रमको आयोजना गरी छात्रवृत प्रदान गरेको हो । जोया र अल्ताफ दाजु बहिनी हुन् । दाजु अल्ताफ कक्षा ३ मा अध्ययन गर्दैछन् । बहिनी जोया कक्षा १ मा अध्ययनरत्त छिन् ।

फाउण्डेशनले उनीहरुको एक वर्ष पढ्न लाग्ने खर्च छात्रवृतिमार्फत वेर्होएको छ । फाउण्डेनका संस्थापक अध्यक्ष चाँद ईराकीले आजै छात्रवृतिको रकम अभिभावकको उपस्थितीमा विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।

ईराकीले दातामार्फत गरिब तथा जेहनदार विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । अल्ताफ र जोयाको लागी काठमाडौं निवासी अनिता श्रेष्ठले फाउण्डेशनलाई सहयोग प्रदान गरेको थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]