३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट राजवंशी महोत्सवमा आज सांगितिक माहौंल

Logo

विराटनगर, असोज ११
निरज बस्नेत
विराटनगरमा जारी विराट राजवंशी महोत्सवमा आज विराटनगरका गायक सुमित खड्काको प्रस्तुति रहने आयोजक संस्था विराट राजवंशी प्रगतिशिल विकास समाज समितिका अध्यक्ष किरण राजवंशीले जानकारी दिएका छन् ।त्यस्तैगरी अर्का गायक वल वहादुर राजवंशीको प्रस्तुति सँगसगै हुने छ ।

हिजो दिनको ३ वजेवाट उद्घाटन भएको महोत्सवमा आज साँझमा सांगितिक माहौल तातिदैंछ । यसका अलावा अन्य गीत–संगितका धमाकेदार कार्यक्रमले दर्शकलाई राम्रै मनोरन्जन दिने कुराको जानकारी प्रमुख व्यवस्थापक नारायण अधिकारीले बताएँ ।

महोत्सवका आकर्षणका रुपमा रोटे पिङ, ड्राईगन रेल, कोलम्वस नाउँ, वाल उधान, लगायत रहेको व्यवस्थापक गौरी लिम्वू बताउँछन् । विभिन्न किसिमका स्टलहरु, खानाका स्टलहरु, समेत छन् । ६० वटा स्टलको साथमा महोत्सव पूरै पारिवारिक छ । दशैंको यो रमाईलो वेलामा जोकोही विराट महोत्सवमा गई मज्जाले रमाईलो गर्न सक्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]