१० माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराट राजवंशी महोत्सवकाे फाष्टफूडमा झुम्मिए अवलाेकनकर्ता

Logo

विराटनगर, असोज १२
निरज बस्नेत

विराटनगरकाे हाटखाेलामा संचालन भईरहेकाे विराट राजवंशी दोस्रो महोत्सवमा राखिएकाे खानेकुराका स्टल अवलाेकनकर्ता लागी विषेश आकर्षण बनेकाे छ । मेला घुम्ने आउनेहरु यहाँ रहेका खानेकुराकाे विभिन्न स्टलहरुमा झुम्मिने गरेका छन् ।

महोत्सवमा रोशिका एण्ड रिभर साईट नामको स्टलमा  ससेज, चिकन आईटम, भेज आईटम,चिसो, तातो लगायत खानाका मिठामिठा पकवानहरु पाईने गरेको प्रोपाईटर संन्तोष संग्रौलाले बताए। यही स्टलमा महोत्सव आर्थिक संयोजक मार्कण्डय राजवंशी चिकन मःमःसँगै काेल्डड्रिन्क मिठो मानेर खाँदै मेलामा पाईने सबै खानेकुराहरु उत्कृष्ट रहेकाे प्रतिक्रिया दिए  ।

सुजन क्षेत्रीले चलाईरहेको मःमः, चाउमिन, पकौडा, चियाको क्याफे स्टल नं. १७ मा रहेको छ । चियाको चुस्कीसँगै गफगाफमा मस्त भई स्टेजको सांगितिक कार्यक्रम हेर्नेको राम्रै जमात यहाँ देखियाे। चाउमिनका साथमा समोसाको मज्जा लिन अर्जुन शाहको स्टलमा जानुपर्ने हुन्छ ।  दिपेश बुढाथोकीले मेला विराट फाष्टफूड खाजा–खानाको स्टल राखेका छन् । त्यस स्टलमा उनलाई सहयाेग गर्न रवी नाम गरेका एक युवा खटिएका छन्। रविका अनुसार यहाँ आगन्तुकका लागि भेज आईटम, चिकेन आईटम, भेज खाना, चिकन आईटम , भेज खाना, चिकेन खाना, पाईन्छ । स्टेजको छेउमै रहेको ललिता शाहको स्टलमा चना, जिलेवी, चिया, चाउमिन, सुलभ दरमा खारिएकाे छ।

१० असोजवाट संचालित विराट महोत्सवको आज तेस्रो दिन हो । महोत्सव २१ असोजसम्म चल्नेछ । महोत्सव प्रवेश शूल्क समय अनुसारको राखिएको विराट राजवंशी प्रगतिशिल विकाश समाज समितिका अध्यक्ष किरण राजवंशी बताउछन् । त्यस्तैगरी विविध खेल सामाग्रीको शूल्क एकदमै बजारको माग अनुसारको राखिएको प्रमुख व्यवस्थापक नारायण अधिकारी दावी गर्छन् । अर्का व्यवस्थापक गौरी लिम्वूका अनुसार महोत्सवमा सवै किसिमका पाहुनाहरु दिनहु आई रमाईलो गरिरहेको बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]