३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रेम गीत ३ : नेपाल देखी भारतसम्म दर्शक भरिभराउँ

Logo

विराटनगर, असोज १२
निरज बस्नेत
लोकप्रिय कलाकार प्रदीप खड्काको प्रमुख भूमिका रहेको प्रेम गीत ३ को लोकप्रियता उँचाईमा पुगेको छ । कलाकारमध्येका एक संन्तोष सेनद्दारा निर्देशित यस चलचित्र राम्रो बनेको भारतीय फिल्म समिक्षक कोमल नाहाटाले प्रतिक्रिया समेत दिएका छन्।

नेपालको स्वर्गको रुपमा परिचित ठाउँ मुस्ताङको लोकेशनमा खिचिएको यो चलचित्रको कन्टेन्ट राम्रो भएको कारण नैं हलको पर्दासम्म दर्शक आईरेहेको पाईएको छ । सुन्दरी नायिका कृष्टिना गुरुङको साथमा , सुनिल थापा, माओत्से गुरुङ, शिव श्रेष्ठ लगायतको अभिनय पोख्त मानिएको छ ।

नेपाली र हिन्दि भाषामा रिलिज गरिएको यो चलचित्र विश्वभरका १२ सय पर्दामा एकसाथ चलिरहेको छ । भारतका ५ सय पर्दामा एकैसाथ लागेको छ । नेपालको हकमा गएको शुक्रवारवाट नेपाली भाषामा लागेको हो । हिन्दिको हकमा १० गते घटस्थापनाको दिनवाट लागिरहेको छ । नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी प्रेम गीत ३ रिलिज गरिएको हो ।

कविराज गहतराजको कोरियोग्राफीमा दम छ । समग्रमा अ कम्लिट प्याकेजको रुपमा प्रेम गीत ३ रिलिज गरिएको हो । पिजी सर्टिफाईट यस मुवीमा , प्रेम , रोमान्स , एक्सन , थ्रिलरको कम्युनिकेशन मिलेको छ । राते काईला नामले सुपरिचित कलाकार सुनिल थापाको रोल पर्फेक्ट छ । थापाले आफ्नो साईटको भूमिकामा निखारता ल्याएका छन् । पूराना एक्सन किङ हिरो शिव श्रेष्ठ खुवै जमेका छन् । हुकुमको रोलमा शिव फिट छन् ।

माओत्से गुरुङ थिएटरवाट उदाएका कलाकार फेरी पनि दमदार देखिएका छन् । वालकलाकारका रुपमा अभिनव रेग्मीको छोटो–मिठो रोल छ । नायक प्रदीप खड्काको वालापनको रोलमा रेग्मी सुहाएका छन् । निर्देशक मध्येका एक संन्तोष सेनले टाईमिङ रोल खेलेका छन् । जहाँ सेन चलचित्रमा मुख्य पात्र खड्काको जिग्रीको रुपमा फिट एण्ड फाईन छन् ।

चलचित्रमा दरोगा भन्ने एउटा राज्य देखाईएको छ । यहाँ, शिव श्रेष्ठ हुकूम प्रमुख हुन्छन् । शिवका दुई छोरा छन् । दुईमध्ये एकलाई नायकको रुपमा अर्कालाई खलपात्रमा अटाईएको छ । हिन्दि मुवी वाहुवलीको झल्को दिने कटप्पाको रोल जस्तै.एकपात्र समेत चलचित्रमा छन् ।

दरोगा राज्यको हुकुमी साथमा ७ गाउँको कन्टेन्ट कथाले बोलेको छ । ७ गाउँमा वर्षोअघिदेखि दरोगा राज्यको हुकुम चल्छ । यही सार फिल्ममा छ । आजसम्मको रेकर्ड हेर्दा विश्वव्यापी प्रेम गीत ३ ले करिव–करिव २० करोडको ग्रस कलेक्सन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]