१९ माघ २०८२, आइतबार
01-02-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरङमा काग्रेसले ४ क्षेत्र पाउने दावी

Logo

विराटनगर, असोज १४
निरज बस्नेत
आसन्न प्रतिनिधि सभा निर्वाचन यही मंसीर ४ गते हुदैछ । मोरङमा ६ निर्वाचन क्षेत्र छ । मोरङ १, २, ३, र ६ गरेर ४ निर्वाचन क्षेत्र कांग्रेसले पाईसकेको सूत्रकाे दावी छ । गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले मोरङमा बाजी मारेको छ ।

मोरङ १ बाट संस्थापन ईत्तरका डिकबहादुर लिम्वूको नाम अग्रपक्तिमा छ । लिम्वू नेपाली कांग्रेस मोरङका सभापति समेत हुन् । २ नं. क्षेत्रमा सुजाता कोईरालाको नाम केन्द्रविन्दूमा छ । यसअघिको २०७४ को प्रतिनिधि सभामा यस २ नं. क्षेत्रबाट कांग्रेसकै मिनेन्द्र रिजालले बाजी मारेका थिएँ । स्मरण गरौं, गएको प्रतिनिधि सभामा ६ निर्वाचन क्षेत्र मध्ये यही एउटा क्षेत्र नं. २ मा मात्र कांग्रेस विजयी भएको थियो ।

नोवेल अस्पतालका संचालक सुनिल शर्माको नाम लगभग ३ नं. क्षेत्रमा पक्कापक्की नैं हो । शर्माको सक्रियता मोरङ ३ मा वर्षोअघिदेखि नैं थियो । यस क्षेत्रका आम वासिन्दाको लागि शर्माले विराटनगरस्थित नोवेल अस्पतालमा निःशूल्क उपचार समेत गर्दे आईरहेका छन् । शर्मा प्रायः आजभोली गाउँघरतिरैं भेटिन्छन् । गएको ०७४ को प्रतिनिधि सभा चुनावमा शर्माले मोरङ ३ बाट नैं एमालेका भानुभक्त ढकालसँग हारेका हुन् । उनैं ढकाललाई नैं एमालेले यो पाली समेत मोरङ ३ बाटै उठाउने तयारी गरेको बुझिन्छ ।

त्यस्तैंगरी मोरङकैं चर्चित निर्वाचन क्षेत्र नं. ६ मा कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोईराला नैं उठ्ने संभावना छ । यसै निर्वाचन क्षेत्रबाट ०७४ को चुनावमा डा. शेखर , एमालेका लालवावु पण्डितसँग पराजित भएका थिँए । त्यसअघि तत्कालीन फोरम लोकतान्त्रिकका विजय गच्छदारसँग समेत डा. शेखर यसैं मोरङ ६ बाट पराजित भएका थिए । त्यसबेला माेरङ्ग ६ र सुनसरी ३ दुवै क्षेत्रबाट  चुनाव  जितेका गच्छदारले  माेरङ्गकाे क्षेत्र ६ भने छाेडेका थिए ।  लगतै माेरङ्ग ६मा भएकाे उपनिर्वाचनमा फोरम लोकतान्त्रिककाेतर्फबाट उम्मेदवार बनेका चुमनारायण तबदारलाई भने डा. शेखरले पराजित गरेका थिएँ ।

गठबन्धनमा परेको मोरङको ४ नं. निर्वाचन क्षेत्र माओवादी केन्द्र र ५ नं. चाहीँ जसपाको हिस्सामा परेको सूत्र दावी गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माेरङ्ग, माघ १७ । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ। पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्। घिमिरेले […]

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]