०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मोरङमा काग्रेसले ४ क्षेत्र पाउने दावी

Logo

विराटनगर, असोज १४
निरज बस्नेत
आसन्न प्रतिनिधि सभा निर्वाचन यही मंसीर ४ गते हुदैछ । मोरङमा ६ निर्वाचन क्षेत्र छ । मोरङ १, २, ३, र ६ गरेर ४ निर्वाचन क्षेत्र कांग्रेसले पाईसकेको सूत्रकाे दावी छ । गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले मोरङमा बाजी मारेको छ ।

मोरङ १ बाट संस्थापन ईत्तरका डिकबहादुर लिम्वूको नाम अग्रपक्तिमा छ । लिम्वू नेपाली कांग्रेस मोरङका सभापति समेत हुन् । २ नं. क्षेत्रमा सुजाता कोईरालाको नाम केन्द्रविन्दूमा छ । यसअघिको २०७४ को प्रतिनिधि सभामा यस २ नं. क्षेत्रबाट कांग्रेसकै मिनेन्द्र रिजालले बाजी मारेका थिएँ । स्मरण गरौं, गएको प्रतिनिधि सभामा ६ निर्वाचन क्षेत्र मध्ये यही एउटा क्षेत्र नं. २ मा मात्र कांग्रेस विजयी भएको थियो ।

नोवेल अस्पतालका संचालक सुनिल शर्माको नाम लगभग ३ नं. क्षेत्रमा पक्कापक्की नैं हो । शर्माको सक्रियता मोरङ ३ मा वर्षोअघिदेखि नैं थियो । यस क्षेत्रका आम वासिन्दाको लागि शर्माले विराटनगरस्थित नोवेल अस्पतालमा निःशूल्क उपचार समेत गर्दे आईरहेका छन् । शर्मा प्रायः आजभोली गाउँघरतिरैं भेटिन्छन् । गएको ०७४ को प्रतिनिधि सभा चुनावमा शर्माले मोरङ ३ बाट नैं एमालेका भानुभक्त ढकालसँग हारेका हुन् । उनैं ढकाललाई नैं एमालेले यो पाली समेत मोरङ ३ बाटै उठाउने तयारी गरेको बुझिन्छ ।

त्यस्तैंगरी मोरङकैं चर्चित निर्वाचन क्षेत्र नं. ६ मा कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोईराला नैं उठ्ने संभावना छ । यसै निर्वाचन क्षेत्रबाट ०७४ को चुनावमा डा. शेखर , एमालेका लालवावु पण्डितसँग पराजित भएका थिँए । त्यसअघि तत्कालीन फोरम लोकतान्त्रिकका विजय गच्छदारसँग समेत डा. शेखर यसैं मोरङ ६ बाट पराजित भएका थिए । त्यसबेला माेरङ्ग ६ र सुनसरी ३ दुवै क्षेत्रबाट  चुनाव  जितेका गच्छदारले  माेरङ्गकाे क्षेत्र ६ भने छाेडेका थिए ।  लगतै माेरङ्ग ६मा भएकाे उपनिर्वाचनमा फोरम लोकतान्त्रिककाेतर्फबाट उम्मेदवार बनेका चुमनारायण तबदारलाई भने डा. शेखरले पराजित गरेका थिएँ ।

गठबन्धनमा परेको मोरङको ४ नं. निर्वाचन क्षेत्र माओवादी केन्द्र र ५ नं. चाहीँ जसपाको हिस्सामा परेको सूत्र दावी गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]