१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराट एक्सपो मंसीरमा हुने

Logo

विराटनगर, असोज १४
निरज बस्नेत
विराटनगरमा विराट एक्स्पो २०७९ यही मंसीर महिनामा हुने भएको छ । विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा सो कुराको जानकारी गराईएको छ । यो विराट एक्स्पोको सातौं संस्करण हो ।

उधोग संगठन मोरङको आयोजनामा हुन लागेको विराट एक्सपोमा नेपालसहित, भारत, बंगलादेश, भुटान, पाकिस्तान, थाईल्याण्ड, चिँन लगायतको सहभागिता रहनेछ । कूल चारसय पन्ध्र स्टल रहने यो एक्स्पो डिग्री क्याम्पसको चौर मलाया रोडमा चल्नेछ । प्रर्दशनी आयोजनाको लागि भनेर २ करोड ५० लाख खर्च हुने आयोजकको अनुमान छ । कूल व्यापार ५० करोड बढीको हुने पूर्वानुमान छ ।

प्रर्दशनी आयोजनाको लागि उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश १ सरकार, उधोग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उधोग वाणिज्य महासंघ प्रदेश नं. १, स्वीस कन्ट्याक्ट एवं नेपाल कृषि बजार विकास सहज परियोजनाको प्रवद्र्दकका रुपमा सहकार्य, उधोग संगठन मोरङले गरेको हो । प्रर्दशनीको सहयोगीको रुपमा मोरङ व्यापार संघ र विराट व्यापार संघ रहेका छन् । २९ मंसीर देखि ६ पुषसम्म एक्सपो हुनेछ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको साथमा स्थानीय कलाकार समेतको संलग्नतामा दैनिक साँझमा सांगितिक कार्यक्रम संचालन हुनेछ । प्रत्येक २ । २ वर्षमा उधोग संगठन मोरङले महोत्सव आयोजना गर्दे आईरहेको छ ।

उधोग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलका अनुसार कृषि, उधम, उधोग, पर्यटन, लगायत समग्र प्रदेश १ को आर्थिक एवं औधोगिक विकासका लागि उत्पादक, उपभोक्ता र मूल्य श्रृंखलाको परिधिभित्र पर्ने समग्र व्यवसायिक सेवा प्रदायकलाई आफ्नो उत्पादन तथा सेवाको विक्रि – वितरण तथा प्रचार–प्रसारका लागि प्रर्दशनीमहोत्सव आयोजन गर्न लागिएको बताएँ । प्रर्दशनी आयोजक समिति संयोजकमा भोला दुलाल तोकिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]