१५ माघ २०८२, बुधबार
28-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

दशैंको मुखमा विराटनगरमा बुढी बाख्री माउँको मासु खुलमखुला विक्रि

Logo

विराटनगर, असोज १८
परशुराम गिरी
विराटनगरभित्र जताततै बाख्रीको मासु विक्रि–वितरण भएको पाईएको छ । यहाँका पसलहरुमा खुलमखुला बुढी माउँ बाख्रीको मासु विक्रि भईरहँदा समेत अनुगमनमा खासै चासो देखिएको देखिदैंन ।

यस सम्वन्धमा विराटनगर महानगरपालिकाका मेयरलाई पटक–पटक जानकारी गराउँदा उत्तिसारो चासो दिईएको पाईदैंन । सरोकारवाला अन्य निकाय समेत मौन प्रायः छन् । विराटनगरको केहि यस्ता मासु पसल छन् । जहाँ हमेसा खसी भनी बाख्रीकै मासु विक्रि–वितरण गरिदै छ ।

यसक्रममा बाख्रीको स्तन काँटी खसीको मूत्रनली समेत सिलाई गरी मज्जाले मासु बेचिएको पाईएको छ । आम विराटनगरवासी खसीको मासु भनी बाख्रीको मासु किन्न विवश भईरहेका छन् । विगत लामो समयअघि देखि नै यो अवैध मनपरी धन्दा विराटनगरमा जारी छ । झन् यो चाडवाडको वेलामा पूरै उत्कर्षमा पुगिरहेको ज्वलन्त धेरैं उदाहरण छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]