११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मोरङ–५ प्रदेश(ख) मा अर्यालको संभावना

Logo

विराटनगर, असोज ३०
निरज बस्नेत
मोरङ–५ प्रदेश(ख) अन्र्तगत गठबन्धनका उम्मेदवार अमृत अर्यालको जितको आधारशिला प्रवल रुपमा स्थापित हुदैं गईरहेको छ । विराटनगर–१० स्थायी वसोवास भएतापनि अर्यालको लोकप्रियता उँचाईमा पुगिरहेको देखिन्छ । सवैमाझ प्रिय छवि बनाएका अर्यालको व्यक्तित्व जति सरल छ, त्यति नैं अद्दितीय छ ।

अर्याललाई काउन्टर दिन जसपाका जयराम यादव तयार भएर चुनावी मैदानमा होमिएका छन् । यादव प्रदेश १ सरकारका वहालवाला मन्त्री समेत हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत यादवले सम्मालिरहेका छन् । यादवले मन्त्रालयको सरकारी गाडी यतिवेला व्यक्तिगत प्रयोजनको लागि दुरुपयोग गरिरहेका छन् । चुनावी मैदानमा होमिदा सरकारी गाडी प्रयोगमा ल्याउनु समेत निर्वाचन आचारसंहिता विपरित मानिन्छ । यादवलाई मोरङमा एमालेले साथ दिएको छ ।

यता अर्याल गठबन्धनका साझा उम्मेदवार हुन् । जितको आधारमा अर्याल, एककदम अगाडी छन् । पदको लागि राजनीति नगरी विशुद्द देश र जनताको लागि त्यागी नेताको कुशल छवि बनाएका अर्याल यस क्षेत्रका लागि मात्र नभई राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव पार्नसक्ने नेताको रुपमा चिनिन्छन् । अर्याललाई चुनाव जिताएमा यिनी प्रदेश १ सरकारका मुख्यमन्त्री हुने लगभग निश्चित प्रायः देखिन्छ । अर्यालको लोकप्रियताको चाङ उत्कट विन्दूमा छर्लङ देखिन्छ । यथार्थतामा भन्दा मोरङ–५ प्रदेश(ख) मा अर्यालले नै चुनाव जित्ने यस भेगका आम जनता दावी गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]