१५ माघ २०८२, बुधबार
28-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरङ–६ मा पण्डितसँगै कोईरालाको चर्चा

Logo

विराटनगर, कार्तिक ५
निरज बस्नेत
मोरङ–६ मा यतिवेला चुनावी माहौल ह््वात्तै तातेको अवस्था छ । हेविवेट उम्मेदवारद्दयका कारण पनि हुन सक्छ, माहौल गरमाएको यथार्थ हो । गएको ७४ को चुनावमा जितेका एमालेका लालवावु पण्डितको उम्मेदवारी फेरी परेको छ । उता गएकै ७४ को चुनावमा पराजित हुन पुगेका नेपाली कांग्रेसका डा. शेखर कोईरालाको उम्मेदवारी पर्नुलाई समेत अर्थपूर्ण रुपले हेरिएको छ ।

दुई हेविवेटद्दयको उम्मेदवारीलाई सवैले चासोको रुपमा अर्थयाएका छन् । ७४ को प्रतिनिधि सभाको चुनावमा एमालेका लालवावुले कांग्रेसका शेखरलाई ६७५ मतान्तरले पराजित गरेका थिएँ । लालवावुको त्योवेला ३३ हजार ९ सय ४१ मत आएको थियो । यता शेखरको ३३ हजार २ सय ६६ आएको हो । वि.सं. २०४८ सालको चुनावमा तत्कालीन मोरङ–३ बाट कांग्रेसका बद्रीनारायण बस्नेतलाई एमालेवाट नै लालवावुले चुनाव जिति विजयको झण्डा गाडेका थिएँ । लालवावुले २०४८ मै मजदूर संगठनबाट राजनीति शुरु गरेका हुन् । २०५१ को चुनावमा पुनः लालवावु चुनावी मैदानमा होमिदा बस्नेतसंग भने पराजित हुन पुगे । २०५६ मा कांग्रेसका गोपाल राजभण्डारीलाई लालवावुले हराएँ । पहिलो संविधानसभाको चुनावमा लालवावु समानुपातिक कोटाबाट सांसदमा चुनिएका थिएँ । दोस्रो संविधानसभाको चुनावमा पण्डितलाई पार्टीले पत्याएन । दुईपटक मन्त्री बन्न सफल पण्डित विगतमा माधव कुमार नेपाल खेमाका रुपमा चिनिन्थे । ५ पुष २०७७ मा प्रतिनिधि सभा विघटन हुदा पण्डित ओली कित्तामा पुगे । हाल एमालेका स्थायी कमिटी सदस्य लालवावु हुन् ।

कुनै समयमा धरानस्थित विपी क्याम्पका उपकूलपति भई लामो समय जागिर जीवन गरेका शेखरले त्यो जागिरे जीवन समाप्त गरी राजनीति शरु गरेका हुन् । एक उपनिर्वाचन गरी चारपटक चुनावी दौडमा छाएका शेखरले दुईपटक चुनाव जितेका छन् । २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष विजय कुमार गच्छदारलाई शेखरले ५ हजार १ सय ५५ मतान्तरले हराएका थिएँ । यो वेला दुई ठाउँवाट उठेका गच्छदारले तत्कालीन मोरङ–७ बाट शेखरसँग हारेका हुन् । यसअघिको ७४ को चुनावमा एमालेका पण्डितसँग हारेका शेखरले मंसीर ४ , २०७९ मा बदला लिने राम्रो अवसर बन्न सक्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]