१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

फरार ‘गुण्डा’ लामालाई कसको संरक्षण ?

Logo

विराटनगर, कार्तिक ६
निरज बस्नेत
कार्तिक ४ गते घटित घटनाका फरार अभियुक्त गुण्डा किरण लामालाई प्रहरीले यो समाचार तयार पार्दासम्म पक्राउ गर्न सकेको छैन । लामाले मिटरब्याजकाे पैशा असुशल्न विराटनगरका औषधी व्यवसायी नवल यादव र अभिषेक शाहलाई शुक्रवार आफ्नै घरमा बोलाई बन्धक बनाएर निर्घात कुटपिट गरेका थिँए ।

गएको २९ असारमा यादवले लामासँग रु. ५ लाख रकम सापटी लिएका थिँए । यादवले ३ महिनाभित्र ५ लाखकाे  १८ लाखसम्म बुझाईसकेका पनि थिँए । यति बुझाउदा समेत थप अझै रकमको डिमाण्ड गरेपछि उक्त घटनाले उग्र  रुप लियाे । सल्लाह गर्नु छ भनी लामाले ४ कार्तिकमा आफ्नै घरमा बोलाई सहयोगी अनुज मगरलाई समेत  प्रयाेग गरी यादव र शाहलाई  कुटे ।

पीडक लामालाई मोरङ प्रहरीले अझैसम्म नियन्त्रणमा लिन नसक्नुलाई समाजले शंकाकाे दृष्टिकाेणले विश्लेषण गर्दैछ ।  शुक्रवारको घटनामा ठाडो निवेदन परेतापनि शनिवार जाहेरी परेको भनी प्रहरीले विदाको दिन जाहेरी दर्ता गरेकाे थिएन । शनिवार  नभएपछि उक्त जाहेरी दर्ता  कार्य आईतबारलाई साचिएकाे थियाे ।

घटना घटेको ४८ घण्टा भन्दा बढी भईसक्यो , लामा अझै फरार छन् । आखिर लामालाई प्रहरीले किन पक्राउ गर्न सकेको छैन । प्रश्न जटिल छ । लामाले राजनितिक संरक्षण पाईरहेकाे बजारमा गाईगुई सुनिदै छ । लामा नेकपा एमाले युवा संघ विराटनगर महानगर कमिटी अध्यक्ष हुन् । पार्टीका जिम्मेवार नेताहरु उनकाे विषयमा केही बाेल्न मानेका छैनन् । लामाकाे सम्बन्ध पार्टी अध्यक्ष केपी ‌‍ओली, केन्द्रय सदस्य विनाेद ढकाल , ‘डन’ परिचय भएका एमाले युवा नेता परशुराम बस्नेत लगाएत पार्टीका थुप्रै शिर्ष नेताहरुसँग रहेकाे छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]