१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

‘गुण्डा’ लामाविरुद्ध पक्राउ पुर्जी जारी

Logo

जनचर्चा संवाददाता
विराटनगर, कार्तिक ०७
एमाले नेता परशुराम बस्नेतका निकटका रुपमा चिनिने ‘गुण्डा’ किरण लामाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अपहरण, शरीर बन्धक, मिटरब्याज र फिरौंती कसुरमा मुछिएको लामालाई आईतबार जिल्ला अदालत मोरङले पक्राउ गर्नु भनी पुर्जी जारी गरेको हो ।
विराटनगर–८ का नवल यादव र विराटनगर–१४ का अभिषेक शाहले विराटनगर–११ बस्ने लामा विरुद्द शुक्रबार मोरङ प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमा लामाका सहयोगी अनुज मगरलाई पनि विपक्षी बनाईएको छ ।

पीडितद्दयलाई लामाले सल्लाह गर्नु छ भनी शुक्रवार आफ्नै निवासमा बोलाई निर्घात कुटपिट गरेका थिएँ । ५ घण्टासम्म काठामा बन्दक बनाएर लामाले कुटपिट गरेको पिडितहरुले प्रहरीलाई बयान समेत दिएका छन् । बयान अनुसार नवल यादवले लामाबाट गएको असार २९ गते मिटरब्याजमा ५ लाख रुपैंयाँ लिएका थिएँ । पैशा दिएको ३ महिनामैं लामाले डर धाक धम्की दिई ५ लाखको १३ लाखसम्म जर्वजस्ती असुलउपर गरिसकेको यादवले जाहेरीमा उल्लेख गरेका छन् । थप पँच्चिस लाख दिनुपर्ने भन्दै लामाले बन्धक बनाएर कुटपिट गरेको पिडित यादवको जिकिर छ। पिडितले ठाडो निवेदन पश्चात् प्रहरी लामाको घरमा पुगेको थियो । तर, लामालाई प्रहरीले फेला पार्न सकेन । लामा अझै पनि फरार नै छन् ।

लामा नेकपा एमाले युवा संघ विराटनगर महानगर कमिटी अध्यक्ष हुन् । ‘डन’ परिचय बनाएका एमाले नेता परशुराम बस्नतेका सहयोगी समेत हुन् लामा । बस्नेत आसन्न मंसीर–४ को चुनावमा प्रदेश–१ अन्र्तगतको मोरङ–६(ख) बाट एमालेका उम्मेदवार समेत बनेका छन् । लामाको यो हर्कतले एमालेलाई मोरङमा यो पटकको चुनावमा ठुलो क्षति पुग्ने विश्लेशण गरिदै छ । लामाको सम्बन्ध पार्टी अध्यक्ष केपी ओली, केन्द्रय सदस्य विनोद ढकाल लगाएत पार्टीका थुप्रै शिर्ष नेताहरुसँग समेत रहेको छ ।
विगतपनि पत्रकार प्रह्लाद गुरागाई, जगदिश शाहलाई समेत लामाले महेन्द्र चोकको एक होटलमा बन्धक बनाएर कुटेपिट गरेका थिए । एमालेको संरक्षणकै कारण लामाले विगतको करिब १२ वर्षदेखि गुण्डागर्दीलाई व्यवासय नै बनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]