३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

‘गुण्डा’ लामाविरुद्ध पक्राउ पुर्जी जारी

Logo

जनचर्चा संवाददाता
विराटनगर, कार्तिक ०७
एमाले नेता परशुराम बस्नेतका निकटका रुपमा चिनिने ‘गुण्डा’ किरण लामाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अपहरण, शरीर बन्धक, मिटरब्याज र फिरौंती कसुरमा मुछिएको लामालाई आईतबार जिल्ला अदालत मोरङले पक्राउ गर्नु भनी पुर्जी जारी गरेको हो ।
विराटनगर–८ का नवल यादव र विराटनगर–१४ का अभिषेक शाहले विराटनगर–११ बस्ने लामा विरुद्द शुक्रबार मोरङ प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमा लामाका सहयोगी अनुज मगरलाई पनि विपक्षी बनाईएको छ ।

पीडितद्दयलाई लामाले सल्लाह गर्नु छ भनी शुक्रवार आफ्नै निवासमा बोलाई निर्घात कुटपिट गरेका थिएँ । ५ घण्टासम्म काठामा बन्दक बनाएर लामाले कुटपिट गरेको पिडितहरुले प्रहरीलाई बयान समेत दिएका छन् । बयान अनुसार नवल यादवले लामाबाट गएको असार २९ गते मिटरब्याजमा ५ लाख रुपैंयाँ लिएका थिएँ । पैशा दिएको ३ महिनामैं लामाले डर धाक धम्की दिई ५ लाखको १३ लाखसम्म जर्वजस्ती असुलउपर गरिसकेको यादवले जाहेरीमा उल्लेख गरेका छन् । थप पँच्चिस लाख दिनुपर्ने भन्दै लामाले बन्धक बनाएर कुटपिट गरेको पिडित यादवको जिकिर छ। पिडितले ठाडो निवेदन पश्चात् प्रहरी लामाको घरमा पुगेको थियो । तर, लामालाई प्रहरीले फेला पार्न सकेन । लामा अझै पनि फरार नै छन् ।

लामा नेकपा एमाले युवा संघ विराटनगर महानगर कमिटी अध्यक्ष हुन् । ‘डन’ परिचय बनाएका एमाले नेता परशुराम बस्नतेका सहयोगी समेत हुन् लामा । बस्नेत आसन्न मंसीर–४ को चुनावमा प्रदेश–१ अन्र्तगतको मोरङ–६(ख) बाट एमालेका उम्मेदवार समेत बनेका छन् । लामाको यो हर्कतले एमालेलाई मोरङमा यो पटकको चुनावमा ठुलो क्षति पुग्ने विश्लेशण गरिदै छ । लामाको सम्बन्ध पार्टी अध्यक्ष केपी ओली, केन्द्रय सदस्य विनोद ढकाल लगाएत पार्टीका थुप्रै शिर्ष नेताहरुसँग समेत रहेको छ ।
विगतपनि पत्रकार प्रह्लाद गुरागाई, जगदिश शाहलाई समेत लामाले महेन्द्र चोकको एक होटलमा बन्धक बनाएर कुटेपिट गरेका थिए । एमालेको संरक्षणकै कारण लामाले विगतको करिब १२ वर्षदेखि गुण्डागर्दीलाई व्यवासय नै बनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]