१२ जेठ २०८२, आइतबार
25-05-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

मंगलवार लाग्दैंछ सूर्यग्रहण

Logo
प्रकाशित सोमबार, कार्तिक ०७, २०७९

विराटनगर, कार्तिक ७
निरज बस्नेत
सूर्य वा चन्द्रमामा जव छायाँ पर्छ । हो, यही हो ग्रहण । यो किन लाग्छ ? यसको प्रभाव के पर्छ । जसका लागि विश्वभरका वैज्ञानिकहरु जहिल्यैं उत्सुक हुन्छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अनुसार भोली मंगलवार अपराह््न ४ः५२ बजेदेखि करिव ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिनेछ । अझ, प्रष्ट्याउँदा समतल भू–भागवाट नदेखिने पनि सक्छ । सूर्यग्रहणलाई नांगो आँखाले कदापि हेर्न मिल्दैन । सूर्य आफैंमा एउटा ठूलो तारा हो । यसलाई हेर्दा आँखामा ठूलो समस्या पर्न सक्दछ । नेपालका सातैं प्रदेशवाट केही न केही मात्रामा सूर्यग्रहणलाई घरमै बसेर पिन होल क्यामेरा मेथडवाट अवलोकन गर्न भने सकिन्छ ।

सूर्यग्रहण हेर्नकै लागि भनेर बजारमा विशेष किसिमको चश्मा समेत उपलव्ध हुन्छ । खगोलशास्त्रीहरुका अनुसारमा नांगो आँखाले सूर्यग्रहणलाई हेर्न नहुनेमा सवैंलाई सचेत गराउँदै आएको छ । सूर्यग्रहणमा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा एउटा लहरमा हुन्छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्छ । परिक्रमा गर्दा चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आईपुग्छ । चन्द्रमा पृथ्वी र सूर्यको बीचमा हुदाँ सूर्यवाट आउँने प्रकाश चन्द्रमाले छेकिदिन्छ । यसका कारणले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका भनाईमा ग्रहण यस्तो आकाशीय घटना हो । जहाँ हामीले देख्दैं आएको दूई ठूला वस्तु , सूर्य र चन्द्रमाको वस्तुको स्वरुप परिवर्तन भएर जान्छ । कुनैंपनि एउटा आकाशीय पिण्डले अर्को आकाशीय पिण्डलाई देखेर सूर्यको प्रकाश जानवाट रोक्दा ग्रहण लाग्ने हुन्छ । ग्रहण लागेको वेला आकाशीय पिण्डको छायाँ अर्को वस्तुमा देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १० जेष्ठ । गणतन्त्र दिवसकै दिन पारेर  राजावादी समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आन्दोलन घोषणा गरेसँगै यसबारे चर्चा–परिचर्चा हुँदै आएको छ भने उक्त समूहले अहिले आन्तरिक तयारीलाई तीव्रता दिइरहेको छ । सुवेदीको नेतृत्वमा गत चैत ४ मा पहिलो पटक राजसंस्था पुनर्स्थापनाका लागि भन्दै […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]

झापा, जेठ १० । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बरावरको स्कूल व्याग सहितका स्टेशनरी […]