०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

साहसी महिला विन्दा देवीको अगुवाईमा पार्टी प्रवेश कार्यक्रम

Logo

विराटनगर, कार्तिक १७
निरज बस्नेत
मोरङ–६ निर्वाचन क्षेत्रमा राप्रपाले आयोजना गरेको कार्यक्रममा रोचकता देखिएको छ । बुढीगंगा गाउँपालिका वडा नं. ३ मा स्थायी रुपमा बस्ने विन्दा देवी राजवंशीको अगुवाईमा सयौं कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका छन् ।

कांग्रेस, एमाले, माओवादी लगायतका दल परित्याग गरी राप्रपामा ईन्ट्री मार्नेको लर्को लागेको देखियो । यो क्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विन्दा बताउँछिन् । १ सय ५० बढी घरधूरीबाट दर्जनौंको संख्यामा कार्यकर्ताहरु रमाईलो मान्दै राप्रपामा प्रवेश गरेका हुन् ।

कार्यक्रम बुढीगंगा गाउँपालिका ३ स्थित एक मन्दिरको प्रांगणमा सम्पन्न भएको थियो । यस कार्यक्रमलाई रोक्न यसै ३ नं. वार्डका वार्ड अध्यक्ष तिलक मण्डल खुलेर लागेको कुराको जानकारी विन्दाले दिईन् । तरपनि साहसी विन्दाको अगाडी तिलकको केही सिप चलेन । फलतः कार्यक्रम ऐतिहासिक रुपमा सफल भएको स्वयं विन्दाको दावी रहेको छ ।

विन्दाले यसअघि स्थानीय चुनावमा उनै तिलकलाई नै भोट हालेको कुरा समेत बताईन् । र, पटक–पटकको चुनावमा समेत कहिले कांग्रेस त कहिले एमाले सवैलाई राम्रै साथ दिएको बताउँछिन् । तर, जिते पश्चात् कसैले केही पनि माछो मारेनन् ।

तत्पश्चात् विरक्तिएकी विन्दालाई राप्रपा पार्टीको सवैथोक मनपर्यो । तसर्थ आफूपनि राप्रपा प्रवेश गरिन् । सँगै अन्य सयौंलाई प्रवेश गराईन् । यस कार्यक्रममा मोरङ–६ का राप्रपाका उम्मेदवार गोपाल क्षेत्री कटुवालले सवैसँग एकआपसमा खुसी साटासाट गरेका थिए । साथमा छोटो मन्तव्य व्यक्त गर्दे आगामी मंसीर–४ को प्रतिनिधि सभाका चुनावमा आफूलाई विजय गराएको खण्डमा माननीय भएमा यसै ठाउँमा शुरुमा आएर अविर जात्रा गर्ने र सधैभरी जनताकै सेवामा दत्तचित्त भई काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]