१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरको हाटखोलामा नेपथ्य लाइभ कन्सर्ट हुने

Logo
प्रकाशित शुक्रबार, कार्तिक १८, २०७९

विराटनगर, कार्तिक १८
निरज बस्नेत
मानवताका लागि भनेर विराटनगरमा नेपथ्य लाइभ कन्सर्ट आगामी मंसीर १६ गते हुने भएको छ ।

विगत १ दशकदेखी सडकपेटी तथा सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गर्दे आईरहेको मानवसेवा आश्रमले मानवीयताको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्य ब्याण्डसँगको सहकार्यमा कन्सर्ट गर्न लागेको हो । यो कन्सर्ट विराटनगरबाट शुरु भई एक महिने लामो हुनेछ ।

तत्पश्चात् अन्य ९ शहरहरुमा हुनेछ । मानवता प्रवद्र्दनसँगै मानव सेवा आश्रम विराटनगर शाखाले बरगाछीमा आफ्नै भवन बनाईरहेको छ । यही भवन सम्पन्न गर्नकै लागि भनेर नेपथ्यसँग मिलेर आश्रमले सांगितिक कार्यक्रम आयोजना विराटनगरमा गर्न लागेको हो । नेपथ्य लाइभ कन्सर्टले धेरै मानिसहरुलाई सेवा प्रदान गरिरहेको देखिन्छ ।

मंसीर १९ गते वीरगन्ज, २२ गते हेटौंडा, २५ गते भरतपुर, २९ गते नेपालगंज, पौष ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल, १२ गते पोखरा, र अन्तमा पौष १६ मा काठमाडौंमा गएर कार्यक्रमले विश्राम लिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]