२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

घरदैलोले डिस्टर्ब भो बा !

Logo

दिनेश खड्का
विराटनगर, कार्तिक २५

चुनाव आउन अब ९ दिन मात्र बाँकी छ । यतिबेला सबै दलीय तथा गैर दलीय उम्मेदवारहरुले आफ्नो चुनावी प्रचार प्रसारको कामलाई तिव्र बनाईरहेका छन् । मतदातासँग फेस टु फेस हुँदा भोट क्यास हुने बुझाईका साथ प्राय सबै उम्मेदवारहरुले आफ्ना क्षेत्रमा रहेका मतदाताको घरमै पुगेर भोट मागिरहेका छन् । भोट माग्न मतदाताको घरमै पुग्दा एक अर्का विच सामिप्यता बढ्ने र भोट क्यास हुने प्राय उमेदवारको बुझाई छ ।

तर यसरी भोट माग्‍न अरुको घर पुग्दा उनीहरुको व्यक्तिगत जिन्दगीमा कतै दखल त पुगीरहेको छैन ? बिना अनुमति अरुको घर प्रवेश गर्नु कतै गैरकानुनी हर्कत त होईन ? हुलका हुल कार्यकर्ता लिएर बिना जानकारी कसैको व्यक्तिगत हाताभित्र प्रवेश गर्नु के हिंसा होईन ? ढोका ढकढक नगरी परिवारकै सदस्यले एक–अर्कोको कोठा प्रवेश गर्न नहुने नैतिक मान्यता रहेको जगतमा कुनै राजनीतिक हुल अनुमति विना सोझै अरुको घर भित्र पस्‍न कसरी मिल्छ ?

यस विषयमा कानुनका अध्ययनकर्ता सुजन दाहाल भन्‍नुहुन्छ “भोट माग्ने उद्देश्य बाेकेर कसैको घर पस्नुलाई सहज ढंगबाट हेरिएको छ नेपालमा, तर घर भनेको एउटा प्राईभेट एरिया हो, त्यहाँ अनुमति विना प्रवेश गर्न पाईदैन” संवैधानिक व्यवस्थाले पनि यो कुरालाई झक्झकाएको दाहाल बताउनुहुन्छ “संविधानको धारा २८मा रहेको गोपनियताको हकमा आवसलाई पनि समेटिएको छ, यो धारा अनुसार पनि कसैको निजि आवस क्षेत्रभित्र विना अनुमति पस्न नपाउनु पर्ने हो ।”

घरदैलो कार्यक्रमले समाजको शान्तिशुरक्षामा समेत चुनौति थपीरहेको छ । ठुलो समुह बनाएर प्रचारप्रसारको लागी अरुको घरमा जादाँ पारिवारीक वातावरण खलवलिन सक्छ । बालबालिकालाई पढ्न डिस्टर्ब हुने, विरामीले शुकुनले आराम गर्न नपाउने र घरगृहस्थीका काम छोडेर उम्मेदवारको कुरा सुन्न जानु पर्ने हुन्छ । जुन एक किसिमको अत्याचार नै हो । उम्मेदवार तथा कार्यकर्ताको प्रचार गर्ने शैली, प्रचारका लागी आएका जमात, र उनीहरुको प्रस्तुतीले परिवारका सदस्यको मनमा डर र भय उत्पन्न समेत गराउन सक्छ जुन एक प्रकारको हिंसा समेत हुन सक्छ ।

भोट माग्न उम्मेदवार र उनीहरुको समूहहरु अरुको घरमा पस्दा परिवारका सदस्यहरु के अवस्थामा छ थाहा हुदैन, कोही नुहाएर अर्धनग्न अवस्थामा हुनसक्छन्, कोही लुगा फेरीरहेको हुनसक्छन् अथवा अरु कुनै आपत्ती जनक अवस्थामा हुनसक्छन् । प्राय निम्न परिवारको घरआँगनमा चापाकल राखिएको ठाँउलाई नै स्नानस्थल बनाईएको हुन्छ, त्यस्तो ठाँउमा कोही व्यक्ति एक्कासी आईदिए स्नान गर्ने व्यक्तिलाई अफ्ठ्यारो पर्न सक्छ, उसको अस्मितामा आँच आउन सक्छ ।
घरमा भएको बेला जो कोही अरुलाई फेस गर्न सक्ने अवस्थामा हुदैनन् । कपडा मैलो हुनसक्छ, च्यातिएको हुनसक्छ, टालिएको हुनसक्छ यस्तो अवस्थामा कोही विना जानकारी घर पस्दा निजलाई अफ्ठ्यारो लाग्न सक्छ । अरुको अगाडि आफू एक्पोज हुने कि नहुने हो पनि निजको मौलिक अधिकारको कुरा हो । तर यस्तो कुरालाई कहिले पनि राजनितिज्ञहरुले ख्याल गरको देखिदैन ।
अमेरिकामा कोही अपरिचित व्यक्ति कसैको निजि आवासभित्र बिना अनुमति प्रवेस गरे, गोली हान्नसम्मको अधिकार घरधनीलाई दिइएको छ । तर नेपालमा हुलका हुल राजनितिक व्यक्तीहरु होहल्ला गर्दै अरुको घर प्रवेश गर्दा घरवाल लाचार हुन बाहेक अरु केही गर्न सक्दैन । यो कानुनसँग मात्र जोडिएको सवाल होईन । उम्मेदवारको नैतिकता र व्यवहारसँग जोडिएको विषय पनि हो । अरुको घर भित्र विना जानकारी पसेर कसैको लागी झिझो बन्न पक्कै कुनै पनि राजनिति गर्ने व्यक्तिको नैतिकताले नदिनु पर्ने हो ।

मतदाताले आफै प्रतिकार गर्न सक्छन् त ?
आम जनताले कुनै पनि नेतालाई “मेरो घर नपस्, यो मेरो निजी क्षेत्र हो” भन्ने आट गर्न सक्दैनन् । न त उनीहरुको संस्कारले नै दिन्छ । मनलाई अमिलो बनाएर भएपनि स्वागत गर्दै उनीहरुको कुरा सुन्नै पर्ने मतदाताको बाध्यता हुन्छ । घर आएका मान्छेलाई न त भाटा हानेर खेदाउन सकिन्छ न त घरको ढोकामा प्रवेश निषेध नै लेखर असामाजिक बन्न सकिन्छ । सोही कारण यो अत्याचारलाई निजितबरबाट हैन कानुनी ढंगले नै बन्द गर्न आवश्यक देखिन्छ । मानिसको मौलिक अधिकार नै हनन गरिरहेको घरदैलोको अभ्यासलाई आचार संहिता लगाएर  रोक्ने कानुनी बाटो छ । अथवा छुट्टै कानुन बनाएर स्पष्ट रुपमा नगर्नु भनी बन्देज लगाउन पनि सकिन्छ । तर नेता स्वंयमले आफैलाई प्रवेश निषेध गराउने कानुन बनाउलान् त ? शंकै छ ।

कसरी गर्ने त प्रचार ?

घरदैलो भोट माग्ने पुरातन विधि हो । उहिले जस्तो छैन अहिले, ठुलो जनसंख्या र बाक्लो बस्ती बनीसकेको छ । घर घर धाएर भोट माग्ने हो भने, उम्मेदवारले संभवतः सवै मतदाताको घर भ्याउन पनि सक्दैनन्, समय पनि पुग्दैन । त्यसैले अहिलेको समयमा संचारको माध्यमहरुको प्रयोग गरी आफ्नो कुराहरु राख्नु नै प्रचारप्रसारको उपयुक्त विधि हो । पछिल्लो समय विश्वव्यापी रुपमा भईरहेका चुनावहरुमा संचारमाध्यमको प्रश्सत्  प्रयोग भएको छ । सहि ढंगले संचारमाध्यम प्रयोग गर्ने उम्मेदवारहरुले राम्रो जनमत ल्याउन सफल भएका छन् । उदाहरणको लागी हर्क बालेनको चुनावी क्यापेनलाई पनि लिन सकिन्छ ।
जनतासँग प्रत्यक्ष भेट्ने छटपटी नै चलेको छ भने किन मतदाताको घर गएर उनीहरुलाई डस्टर्ब गर्ने ? बरु आफ्नै घरमा सबैलाई निम्तो दिनुस् । त्यसबाहेक चोक चोकमा सानो सानो छलफल राख्नुस् , प्रचारको यी विकल्पहरु पनि छन् त ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]