२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

चियाको चुँस्कीसँगैं गफाडीको गफ

Logo

विराटनगर, मंसीर १२
निरज बस्नेत
अक्सर चियाको कप टेबुलमाथि राखेर एकअर्कासँग गफ गर्दे चियाको चुस्कीको स्वाद लिन बहुत रमाईलो हुन्छ । यो रमाईलोपन चिया पसलमा लिन सकिन्छ ।

यहाँ अनेक किसिमका मानिसहरुको बाक्लो भीडभाड हुने गर्दछ । चियाको मार्केट विश्वबजारमा आक्रमक छ । हर ठाउँमा एक अर्कालाई भेट्दा चियाँकै सर्को तान्दैं बातचितको सुरुवात हुने गर्दछ । यही नै हामी नेपालीको राम्रो परम्परा हो । संस्कृतितर्फ हेर्दा चियाको स्वागतले आत्मियता बढाउँछ ।

चिया यस्तो पेय पदार्थ हो । जुन हरेकको घरमा बन्छ । प्रत्येक घरका कोही न कोही कम्तिमा एक जना सदस्य चिया पिउने हुन्छन् । चिया पनि एकप्रकारको लत जस्तै हो । यसको तलतल मेट्न चिया नै पिउनुपर्छ । चियामा पनि धेरै भेराईटी हुन्छन् । कालो चिया, रातो चियाँ यसमा कागतीको स्वाद लिन सकिन्छ । दूध चियाको विछट्टैं मज्जा हुन्छ ।

दूध चियामा तराईतिर रंग कडाको स्वादले आहा मुखै रसाउँछ । चियाको तलतल अन्य पेय जलले मेटाउँन सक्दैन । कसैको घरमा पाउना जाँदा–आउँदा सुरुको सत्कार नै चियाबाट हुन्छ । कार्यालयमा चिया अनिवार्य चल्छ । सरकारी कार्यालयमा अनिवार्य रुपमा चिया बजेट छुट््याएँकै हुन्छ । निजी क्षेत्रको अफिसमा समेत चिया चाँही हरेक स्टाफ ले सुविधा पाउँछ ।

चियाले नेपाल सरकारलाई राजस्व वृद्दिमा महत्वपूर्ण रोल खेलेकै छ । नेपालका तराईका धेरै ठाउँमा सिटीसि चिया उत्पादन हुन्छ । अलिक चिसो ठाँउमा अर्थोडक्स सुगन्धित चिया बन्छ । चियाको बजार अरबौंको छ । नेपाली चिया ईन्डियाका टी कम्पनीहरुमा विक्रि हने गरेको छ । यहाँबाट भारत निर्यात गरिएँको चिया नै पछि पुनः प्याकिङ भएँर नेपाली मार्केटमा महँगोमा सेल्स हुन्छ ।

चियाका अनेक क्वालीटी हुने गरेका छन् । ओएफ, पिडीबाट डस्ट धूलो चिया बन्छ । विओपीएसएम भनेको मोटो सिटीसि चिया हो । विओपीएस मतलव गोल्ड कलरको राम्रो चिया हो । यी यस्तै प्रकारका चिया मिक्स भएर पनि किसिम किसिमका चिया बन्ने गरेका छन् । आजभोली ग्रिन टी, वाईट टी, लगायत अन्य धेरै फ्लेवरका चियाको बेसमा पिउने प्रचलन शहरी भेगमा बढ्दै गएँको पाईन्छ ।

अझ रोचक कुरा त पसल–पसलमा जहाँ चियाँ पाईन्छ । यहाँ त चियाँको चुस्की सँगै गफाडीको गफ त मज्जाले सुनिन पाइन्छ । चिया पिउन आउने मान्छे चिया पसलमा किसिम–किसिमका आउँछन् । चिया मगाँउछन्, रु. २० को अनि गफ फलाक्छन् करोडको, यो गफ चिया पसलमा नै सुन्न पाईन्छ ।

एउटा महत्वपूर्ण भनाई छ । देश बनाउने गफ चिया पसलमा नै हुन्छ । यो रक्सीको भट्टीमा कदापि हुन्न । चोर, फटाहा, सज्जन, भलादमी सवैखाले मान्छे चिया पसलमा भेटिन्छ । यहाँवाट अनेक किसिमका योजना बन्ने गर्दछन् । चिया पसलको ट्रान्जेक्सन मुलुकभर करौंडौको हुन्छ । यसवाट धेरैको रोजीरोटी चलेको छ ।

समग्रतामा चियासँगैको सत्कार, आतिथ्यतामा नेपालीपन, आफ्नोपन छ । चियाको पिउने बहानामा साथीहरुको भेटघाट, ग्यादरिङको एकप्रकारको घनिष्टता बेग्लै पारको हुनेगरेको छ । जुन घरमा घरमा आएँको पाहुनालाई चिया दिईदैन, त्यो घर, घर नभएर अर्थोक नै हुने गरेको एकप्रकारको मान्यता रहँदै पनि आएको छ । अव कोही चिया नै नपिउने मान्छे छन् भने त्यो बेग्लै कुरा हो ।

चिया पिउँदा एकप्रकारको आनन्दको अनुभूति हुन्छ । चिया सामान्य कार्यक्रमदेखी सवैखाले ठूलठूला कार्यक्रममा नियमित रुपमा चल्छ । चियाको रेट चिया पसलको स्तर कस्तो छ या भनौ कस्तो खालको होटल छ । यी यस्ता कुरामा डिपेन्ट रहन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]