१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

होटल पारिजातमा विराटनगरकै सबैभन्दा ठूलो पर्दामा विश्वकप देखाईदै

Logo

विराटनगर, मंसीर १२
निरज बस्नेत
विराटनगर–६ नं. वडामा रहेको पारिजात होटलमा ठुलाे पर्दामा लाइभ विश्वकप फुटवल देखाइदैछ । होटलका संचालकद्दय परशुराम गिरी एवं परितोष गिरीले यसको लागि अहोरात्र मिहीनेत गरेका छन् । जसको परिणाम आज विराटनगरवासीले होटलमा नै बसेर घरकै आनन्दमा विश्वकप फुटवलको मज्जा उठाउँन सक्छन् । लाइभ प्रसारणकाे लागी हाेटल पारिजातमा आकर्षक पर्दा तयार गरीएकाे छ ।

विराटनगरमा निर्माणाधीन र्याडिसन होटल पछाडी रहेको पारिजात होटलमा स्वादिष्ट  खाजाका परिकारहरु समेत उपलव्ध छन् । फुटवलका साथमा फाष्टफूटको बेग्लै लाभ उठाउन सकिनेछ । पारिजातमा लाइभ पुर्ण रुपमा निशुल्क देखाइने हाेटलका संचालक परिताेष गिरीले जानकारी दिए ।

यहाँ पूर्ण पारिवारिक वातावरणमा बसेर यसपालीको कतार विश्वकप फुटवलको आनन्द लिन सवैखाले महानुभावहरु आउँन सक्छन् । यहाँको परिकारको रेट एकदमै सुलभ रहेकाले एकपटक हाेटल पारिजात अवलाेकन गर्न स‌ंचालकले अनुराेध गरेका छन्।

पारिजातको पर्दा विराटनगरकै ठूलो रहेको संचालक परशुराम गिरीको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]