०७ भाद्र २०८३, आइतबार
23-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

असल व्यक्तित्वहरूको पहिचान गर्न राज्य चुकिरहेको छ : नेता पराजुली

Logo

विराटनगर,१४ मंसिर
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले असल  व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको बताएका छन् । अबाल बह्मचारी बालागुरू षडानन्द प्रतिष्ठान विराटनगरद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशमा रहेका सामाजिक ,धार्मिक ,शैक्षिक ,विभिन्न ,मुर्दन्य ब्यक्तित्व तथा स्रष्टाहरूलाई राज्यले पहिचान र सम्मान गर्न नसकेको भन्दै उनले त्यस्ता कुराहरुको उठान आफुले गर्ने बताए । भरखरै प्रदेश सभा सदस्यमा निर्वाचित भएको र प्रदेश सरकार निर्माण संगै त्यस्ता  व्यक्तित्वको पहिचान र सम्मान गर्ने वातावरण आफुले बनाउने बताए ।

राजनीतिमा उदाएका नयाँ युवा पुस्ता छ, प्रदेश सभा सदस्य पराजुलीले भने “त्यो त्यसै बस्दैन । केही गरौ भन्ने उदेश्यले आएको छ ,सवैले सहयोग गर्नु पर्छ ।” प्रतिष्ठानका अध्यक्ष गायत्रीकुमार चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा लेखक सुदीप अधिकारीलाई जीवनाथ-रमानाथ-खड्गप्रसाद षडानन्द स्मृति पुरस्कार र समाजसेवी सूर्य बहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

यस्तै प्रतिष्ठानले सोमबारनै ११ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा कोमलकृष्ण अधिकारी,उपाध्यक्ष रमेशकुमार चापागाई,सचिव दिनेश सुवेदी,कोषाध्यक्ष रुपेश बस्नेत र सदस्यहरुमा पुष्पलता कोइराला,सरिता दमन्ता गौतम ,मेनुका कोइराला,मन्जु पौडेल,नारायण पराजुली,घनश्याम पौडेल र दीपक बोगटी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]