२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

अपहरणको आराेपित खत्ताबविरुद्ध पक्राउ पुर्जी जारी

Logo
प्रकाशित सोमबार, मंसिर १९, २०७९

विराटनगर, १९ मंसिर
निरज बस्नेत

विराटनगर ६ सरौचियास्थित नेपाल टाइम्स मिडिया प्रालिका प्रमुख कार्यकारी निर्देशक अब्दुल खत्ताब (बोलाईने नाम : शैहेन्सा सिद्धिकी) विरूद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ पूर्जी जारी भएको छ।

विराटनगरका प्रतिष्ठित उद्योगी अरुणकुमार राठीले खत्ताबविरुद्ध जिल्ला प्रहरी कार्यलयमा आईतबार जाहेरी दिएका थिए । खत्ताबसहित तिन जनालाई राठीले जाहेरीमा प्रतिवादी बनाएका छन् । आरोपित खत्ताबबाहेक अन्य दुई जानाको पहिचान स्पष्ट खुलेको छैन ।

राठी नेपाल टाईम्सका अनलाईनका सझेदारसमेत हुन् । सो अनलाईनमा आफ्नो ५ हजार कित्ता (२०प्रतिशत) शेयर रहेको राठीले जाहेरीमा खुलाएका छन् । राठी प्रदेशसभा १ समानुपातिकतर्फको एमालेबाट उम्मेदवार समेत हुन् ।

अपहरणमा परेको तिन दिनपछि मात्र आईतबार  राठीले प्रहरी समक्ष जाहेरी दिएका थिए । खत्ताबको त्रासले तिन दिनसम्म घरबाट बाहिर निस्किन नसकेको र पछि इष्टमित्रले हौसला दिएपछि जाहेरी दिने आट आएको राठीको भनाई छ ।

जाहेरी अनुसार गत बुधवार विहान करिब साढे ६ बजे खत्ताबले अन्तर्वार्ता लिनु छ भनी राठीलाई मेनरोडस्थित सत्यनारायण मन्दिर नजिक रहेको निजको घरबाटै स्कुटरमा चढाएर लगेका थिए । त्यसपछि नेपाल टाईम्सको हालको कार्यालयमा लागी ईन्टरभ्यु लिएको र बाँकी भिडियो उक्त अनलाईनकै पुरानो कार्यलयमा बनाउने भन्दै सरौचियास्थित पुरानो कार्यलयमा पुर्‍याएको र त्यहाँ पुगेपछि तारले हात बाधी ३ घण्टासम्म बन्दक बनाई फिरौती रकम माग गरेको राठीको जिकिर छ ।

“खत्ताब बरम्बार फोनमा कसैसँग कुरा गरिरहेको थियो, ईण्डिया पुर्‍याईदिने कसैलाई भन्दै थियो”  राठीले जनचर्चा संवाददातालाई भने “ईण्डिया पुर्‍याएको भए सायद म जिवित आउदिन थिए होला, सोही कारण उसलाई पैशा लिएर छोडिदिन आग्रह गरे ।”  त्यसपछि १५ लाख तत्काल दिने र बाहिर कसैलाई नबताउने सर्तमा मात्र खत्ताबले आफुलाई उन्मुक्त गरेको राठीको भनाई छ ।

उता खत्ताबले भने आफुले राठीको अपहरण गरेको आरोप अस्वीकार गरेका छन् । राठीले व्यापारीक लेनदेनलाई अतिरंजित गरी भ्रम मात्र फैलाउन खोजेको  खत्ताबले जनचर्चालाई आईतबार प्रतिक्रिया दिएका थिए । राठीको कुरामा कुनै पनि सत्यता नभएको र उनले दिनुपर्ने पैशा समयमा नदिएर उल्टै संस्थालाई बेला बेला संकटमा पार्दै आएको खत्ताबको भनाई छ ।
सोही विषयमा आईतबारनै प्रहरीले खत्ताबलाई जिल्ला प्रहरी कार्यलय मोरङमा बोलाई सोधपुछ गरेको थियाे । सोधपुछ गरी सोही दिन खत्ताबलाई मोरङ प्रहरीले छोडिदिएको थियो । सोमबार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी खत्ताबको खोजीमा जुटेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]