२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सर्वोच्च अदालत परिसरमा तनाव–कानून व्यवसायीमाथि जुत्ता प्रहार, सर्वोच्चमा महासचिवको निर्णय बदरको माग गर्दे पर्यो रिट, सर्वोच्चको पूर्ण बैठकले सोध्यो चार प्रश्न

Logo

विराटनगर, मंसीर २१
निरज बस्नेत
बुधवार दिनभरि जस्तो सर्वोच्च अदालत परिसर रामशाहपथ काठमाडौं तनावग्रस्त बन्यो ।

अभियन्ता तारा बरालले कानून व्यवसायीमाथि जुत्ता प्रहार गरिन् । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने यी अभियन्ता तारा बराललाई तत्काल प्रहरीले पक्राउ समेत गरेको छ ।

पूरानो संसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेको र टुंगोमा नपुर्याएको कारण प्रधानन्यायाधीस चोलेन्द्रलाई संघीय संसदका महासचिव भरतराज न्यौपानेले नयाँ संसद आउन लागेको र निर्वाचन परिणाम आईसकेको भनी बुधवार सफाई दिने निर्णय गरेकै कारण कानून व्यवसायीले सर्वोच्च परिसरमा धर्ना दिदै चोलेन्द्रको विरोध गरेको कारण अभियन्ता बरालले कानून व्यवसायीमाथि जुत्ता प्रहार गरेको बताएकी छिन् ।

यसै बीचमा संसदका महासचिवले गरेको निर्णय बदरको माग गर्दे सर्वोच्चचमा आजै रिट परेको छ । यसैक्रममा संभवत् भोली नै चोलेन्द्र सर्वोच्च जाने तयारीमा लागेको उनी निकट स्रोत दावी गर्छ । यो निर्णयसँगै महासचिव विवादमा तानिएका छन् । यता संसद भन्दा माथि सरकारी कर्मचारी हुकुमी शैलीको चौतर्फी विरोध भएको छ ।

आजै सर्वोच्चका न्यायाधीसहरुको फूलकोर्टको बैठक बसी यथास्थितीमा चोलेन्द्रलाई सर्वोच्च प्रवेश नदिने संकेत गरेका छन् । बैठकले महासचिव गौतमलाई पत्र लेखेको छ ।

पत्रमा ४ प्रश्न सोधिएको छ । सर्वोच्चको पहिलो प्रश्न–२०७८ फागुन १ मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्वन्धमा महाअभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन ? दोस्रो प्रश्न–नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेश हुन्छ वा हुन्न ? तेस्रो प्रश्न–महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको हो ? वा निर्वाचनको मितिले ? र चौथो प्रश्न–नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्देको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]