३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

आँउदैछ शक्तिशाली अनलाईन चिरफार

Logo

विराटनगर, मंसिर २८
पत्रकार बह्मदेव यादवले पुषको पहिलो साताबाट चिरफार डटकम न्युज पोर्टल संचालनमा ल्याउने भएका छन् । कुनै प्राविधिक समस्या नआए पुष १ गतेबाटै पोर्टल संचालनमा ल्याउने संचालक यादवको तयारी छ ।

पत्रकारीताको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै चिरफार डटकम अघि बढ्ने संचालक बह्मदेव यादवले जनचर्चालाई जानकारी दिएका छन् । “सधैभरी श्रमजिवी–पत्रकार भएरै काम गर्न मनथ्यो, तर अरुको मिडियामा काम गरेर कहिलेपनि स्वतन्त्र पत्रकारिता गर्न नसकिदो रहेछ” यादव भन्छन् “ पछिल्लो समय न्युजरुममा मिडिया मालिकको हस्तक्षेप बढ्दै गएपछि पत्रकारिताको संरक्षण आफैले मिडिया संचालन गरेर गर्नुपर्छ भन्ने निश्कर्षमा पुगे ” ।

यादवले ५०को दशकदेखि विराटनगरमा रहि पत्रकारीता गर्दै आएका छन् । करिब आधा करोड लगानीमा चिरफार डट कम संचालनमा ल्याउन लागेको यादवको भनाई छ । यादवले केहि समयअघि आफनाे आधिकारिक फेसबुकमार्फत शक्तीशाली मिडियाकाे रुपमा चिरफार डट कम संचालनमा ल्याउन लागेकाे उद्घाेष गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]