१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

रोजगार पेभिलियनमा आकर्षण

Logo
प्रकाशित मंगलबार, पुष ०५, २०७९

विराटनगर, पुस ५
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोले बेरोजगारहरू युवायुवतीहरूलाई आकर्षण गरेको छ ।
एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरीसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए ।

स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए । मेलामा रोजगारीका लागि फर्म भर्नेहरूमा धेरैजसो स्नातक तहमा पढ्ने विद्यार्थीहरू रहेको संयोजक यादवले बताएका हुन् । कामको खोजीमा विद्यार्थीहरू धेरै आएका र सिपसिकेका दक्ष जनशक्ति थोरै मात्रै भएकाले माग भएको कामका लागि ‘म्याच’ गर्न गाह्रो भएको यादवले जानकारी दिए । काम खोज्न आउनेहरू धेरै जसोले लेखा, रिसेप्सनलगायतका पदहरूमा आवेदन दिएका छन् । यता रोजगारदाताहरूले भने धेरै जासो उद्योगमा काम गर्ने दक्ष तथा अर्धदक्ष कामदार र थोरै मात्रामा लेखा तथा रिसेप्सनका लागि माग गरेको जनाइएको छ ।

एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । सोमबार अनुसन्धान र प्रविधि शून्य लगानी खेती–प्रणाली, अन्न भण्डारणको वैज्ञानिक पद्दती, खाद्य प्रशोधन ः परम्परागत प्रविधि नयाँ अवसर, प्रशोधित खाद्यको गुणस्तर, मासु प्रशोधनको प्रविधि र उद्योग, नेपालमा अलँची ड्रायर प्रविधिको रुपान्तरण विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुतिका साथै छलफल भएको थियो । मंगलबार प्रदेश १ मा नवप्रवर्तन (स्टार्टअप) तथा कृषि व्यवसायका अवसर र अवरोध, प्रदेशमा कृषि व्यवसाय लजिस्टिक सेवाहरू ः अनुभव र अबको बाटो र उदीयमान नवप्रवर्तन (स्टार्टअप) इकोसिस्टम र इन्कुबेटरहरू ः आगामी मार्गचित्रमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै छलफल हुने उद्योग संगठन मोरङले जनाएको छ ।

त्यसैगरी, दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । मंगलबार थिमेटिक फेसन शो आयोजना हुँदैछ । प्लाष्टिकलाई सही ढंगले उपयोग गर्नु पर्दछ भन्ने सचेतना अभिवृद्धि गर्ने उद्देश्यले थिमेटिक फेसन शो हुन लागेको हो । प्लाष्टिकजन्य प्याकेजिङ सामाग्री उत्पादन गर्ने उद्योगहरुको संस्था प्लाष्ट फाउण्डेशनको सहकार्यमा रिड्युज, रियुज र रिसाइकल थिममा फेशन शो हुन्छ ।
मोडलहरुले प्लाष्टिकजन्य सामाग्रीहरुको पुनः प्रयोग गरी फ्रेब्रिक गरिएको कपडाहरु लगाउने छन् । हरेक वस्तुको प्रयोग पुनः प्रयोग हुन्छ, गर्न सकिन्छ भन्ने सन्देशसहित सचेतना अभिवृद्धि गर्न काठमाडौं बाहिर पहिलो पटक विराटनगरमा फेसन शो हुन लागेको प्रचार प्रसार संयोजक नन्दकिशोर राठीले बताए ।
महानगरको विभिन्न स्थानबाट एक्स्पो आउन जानका लागि सटल बसको व्यवस्था गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]