२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विकीनी किलर कुख्यात अपराधी चाल्र्स शोभराज विहीवारै रिहा हुने बताएतापनि शोभराज आफैले कारागार नै रोजे

Logo

विराटनगर, पुष ७
निरज बस्नेत
विकीनी किलरका नामले परिचित कुख्यात अपराधी चाल्र्स शोभराज विहीवार नै रिहा हुने पक्का भएको बताएतापनि शोभराज आफै रिहा हुन मानेनन् । यससँगै शोभराजलाई अव कारागारमा पाहुनासरी राख्ने कारागार स्रोतले बतायो ।

आवश्यक सवै प्रक्रिया पूरा गरी केन्द्रिय कारगारबाट चाल्र्स आजै थुनामुक्त हुने यसअघि बताइएको थियो ।

कारागार नियमावली, २०२० को नियम २९(२ क) ले ६५ बर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुननसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था छ ।

सर्वोच्च अदालतले बुधवार नै शोभराजलाई रिहा गर्ने आदेश दिएको थियो । आदेशमा चाल्र्शलाई १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न भनिएको छ । रिहा भएपछि शोभराजलाई अध्यागमन विभागमा लगिनेछ । अहिले केन्द्रिय कारागारभित्रै शोभराजको स्वास्थ्य परिक्षण गरिदैछ ।

सिरियल किलर शोभराज थुनामुक्त हुने भएपछि यिनकी सासुआमा शकुन्तला विश्वास औधी रमाएकी छिन् । रमाउँदै िभनिन् आई एम ग्रेटफूल, आई एम ह्याप्पी विश्वासले भनिन् । शकुन्तलाकी छोरी निहीतासँग शोभराजले विवाह गरेका थिए । जुन विवाह जेलमै भएको हो । पछि निहीता भारतीय रियालिटी शो विग बोसमा पनि सहभागी भएर समेत चर्चा बटुलेकी थिइन् । त्यहाँ रहँदा समेत निहीता शोभराजको प्रसंगले अधिक चर्चाको केन्द्रमा थिइन् ।

शकुन्तला एवं निहीता आमा–छोरी दुवै अधिवक्ता समेत हुन् ।

अदालतको आदेशमा शोभराजलाई १५ दिनभित्र उनको राष्ट्र फ्रान्स नै पठाइदिनु भनेको छ । यता शोभराज चाही जेलबाट मुक्त पश्चात् केही समय नेपालमै बस्न चाहन्छन् । रिहा लगत्तै शोभराजको ह्यात होटलमा बसेर मुटुको उपचार गराउने योजना रहेको छ ।

केन्द्रिय कारगारमा शोभराज १९ बर्ष २ महिना रहे । शोभराज अहिले ७७ बर्षको पुगे । सन् २००३ देखी शोभराज थुनामा थिए । सर्वोच्चका न्यायाधीस सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठले शोभराजलाई रिहा गर्ने आदेश दिएको हो । शोभराज २ असोज २०६० मा काठमाडौंको क्यासिनो रोयलबाट पक्राउ परेका थिए । यिनलाई जिल्ला अदालत भक्तपुरले कर्तव्य ज्यान सम्वन्धी मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

शोभराजले २१ डिसेम्वर १९७५ मा भक्तपुरमा आरमण्ड लरेण्ट क्यारियरे र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेका थिए । शोभराज सन् १९६३ देखी १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलावद्द हत्या गरेर फरार व्यक्ति थिए ।

शोभराजविरुद्द अन्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल) ले पनि ग्रिन कर्नर नोटिस जारी गरेको थियो । शोभराज भारतको जेलमा पनि १० बर्ष बसेर फरार भएका थिए । फरार हुने क्रममा यतिवेला शोभराजले कारागारमा खटिएकासहित कैदीबन्दीलाई बेहोस हुने औषधी खुवाएर भागेका थिए । शोभराज मोतीका व्यापारी पनि हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]