१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाकाे २४ औं वार्षिक साधरणसभा सम्पन्न

Logo
प्रकाशित आइतबार, पुष १०, २०७९

विराटनगर , पुष १०

विराटनगर – ९ मा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाकाे २४ औं वार्षिक साधरणसभा सम्पन्न भएकाे छ । शनिवार विराटनगरमा आयाेजित सधारणसभामा आर्थिक प्रतिवेदन समेत प्रस्तुत भएकाे थियाे ।

प्रतिवेदन अनुसार साे सहकारीले आर्थिक वर्ष २०७८÷०७९ ३ करोड ७६ लाख भन्दा बढी रकम आम्दानी गर्न सफल भएको छ । सहकारीको कूल सम्पति दायित्व ३६ करोड ५७ लाख ७७ हजार ८ सय रुपैया ७६ पैसा रहेको छ । सहकारीको शेयर पुँजी ५ करोड ९२ लाख ४१ हजार २ सय रुपैया रहेको छ भने कोष हिसाब २ करोड ५९ लाख ९० हजार ४३१ रुपैया ७० पैसा रहेको छ ।

सहकारीको निक्षेप २६ करोड ३६ लाख ६७ हजार २९० रुपैया रहेको छ भने ऋण लगानी २६ करोड ९७ लाख २६ हजार ४७२ रुपैया रहेको छ । सहकारीले कूल कारोबार ५४ करोड ८९ लाख ५५ हजार ९९३ रुपैया ६७ पैसा रहेको छ ।

२०४८ सालमा भएको कर्मचारी आन्दोलनबाट  नेपाल निजामति कर्मचारी संगठन मोरङले प्रारम्भ गरेको कल्याण कोष नै अहिले सहकारीको रुपमा सञ्चालन भएको हाे । २०५५ सालमा कोषमा १६ लाख जम्मा भएपछि, २०५५ साल सान ४ गते विधिवत रुपमा दर्ता भई सहकारी सञ्चालनमा आएकाे हाे ।

साधारणसभामा ६ जना डाक्टर, १ जना पिएचडी र ६ जना स्नाकोत्तर उत्तीर्ण गरेका सेयर सदस्यहरुलाई जनही पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । यस्तै १४ जना प्लस टु उत्तिर्ण गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]