३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाकाे २४ औं वार्षिक साधरणसभा सम्पन्न

Logo

विराटनगर , पुष १०

विराटनगर – ९ मा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाकाे २४ औं वार्षिक साधरणसभा सम्पन्न भएकाे छ । शनिवार विराटनगरमा आयाेजित सधारणसभामा आर्थिक प्रतिवेदन समेत प्रस्तुत भएकाे थियाे ।

प्रतिवेदन अनुसार साे सहकारीले आर्थिक वर्ष २०७८÷०७९ ३ करोड ७६ लाख भन्दा बढी रकम आम्दानी गर्न सफल भएको छ । सहकारीको कूल सम्पति दायित्व ३६ करोड ५७ लाख ७७ हजार ८ सय रुपैया ७६ पैसा रहेको छ । सहकारीको शेयर पुँजी ५ करोड ९२ लाख ४१ हजार २ सय रुपैया रहेको छ भने कोष हिसाब २ करोड ५९ लाख ९० हजार ४३१ रुपैया ७० पैसा रहेको छ ।

सहकारीको निक्षेप २६ करोड ३६ लाख ६७ हजार २९० रुपैया रहेको छ भने ऋण लगानी २६ करोड ९७ लाख २६ हजार ४७२ रुपैया रहेको छ । सहकारीले कूल कारोबार ५४ करोड ८९ लाख ५५ हजार ९९३ रुपैया ६७ पैसा रहेको छ ।

२०४८ सालमा भएको कर्मचारी आन्दोलनबाट  नेपाल निजामति कर्मचारी संगठन मोरङले प्रारम्भ गरेको कल्याण कोष नै अहिले सहकारीको रुपमा सञ्चालन भएको हाे । २०५५ सालमा कोषमा १६ लाख जम्मा भएपछि, २०५५ साल सान ४ गते विधिवत रुपमा दर्ता भई सहकारी सञ्चालनमा आएकाे हाे ।

साधारणसभामा ६ जना डाक्टर, १ जना पिएचडी र ६ जना स्नाकोत्तर उत्तीर्ण गरेका सेयर सदस्यहरुलाई जनही पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । यस्तै १४ जना प्लस टु उत्तिर्ण गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]