१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मायालुको संझनामा कोरिएको यादगार पत्र–२, तिम्रो सानो कुराले मेरो आजको रहर, खुशी आँशुमा परिणत गरिदियौं…

Logo
प्रकाशित शुक्रबार, पुष १५, २०७९

विराटनगर, पुष १५
निरज बस्नेत
आउँछ भनेर ढोका लगाएँ । अहिलेसम्म तिम्रो मिसकल पनि आएको छैन । म पनि गर्दिन नी । तिमीलाई केही चित्त नबुझेको कुरा भए मलाई मज्जाले भनेर क्लियर गएर गएको भए हुँदैन थियो र ?

मेरै गल्ती थियो होला म मान्दछु । म हजारौं पटक तिमीसँग माफी माग्न तयार थिए । तर, तिमी त्यसरी जानु हुदैनथियो । तिमीलाई के थाहा अहिलेपनि मेरा आँखा ओभाएका छैनन् । तिम्रो माया पनि भनेर खसिरहेका छन् मेरो आँखाबाट , तिमी जति धेरै माया गछौं नी मलाई त्यती नै मेरो आँखाबाट खसिसकेहोला ।

आई लभ यू । माई लभ मिसिङ यू टू मच । तेरे दिल मे मेरी जान फनाह हो जाएँ । विलिभ मी, मेरो इरादा तिम्रो मन दुखाउने थिएन । सरी । खरबौंपटक । तिमीलाई कस्तो एसएमएस पठाउँन मन लागेको छ तर के गर्नु तिमीलाई आज निन्द्रा लाग्छ की लाग्दैन । मलाई थाहा छैन तर आज म रातभरि सुत्दिन होला । आज तिमीसँग भएका कुराहरु सम्झिदै कति हाँस्छु होला भन्ने लागेको थियो ।

तर एउटा तिम्रो सानो कुराले मेरो आजको रहर, खुशी आँशुमा परिणत गरिदियो ।

बट स्टिल आई लभ यू । आई एम मिसिङ यू अ लट । डन्ट फरगेट दिस लाइन । हजारो खुशी कम पडती हे । एक गम भुलाने के लिए, एक गम ही ज्यादा होता हे जिन्दगी भर रुलाने के लिए । विथ लभ एण्ड केयर । प्लीज फरगिभ मी । अवदेखी तिमीले जे चाहन्छौ त्यही हुन्छ । म केही पनि बोल्दिन । म माथि तिम्रो जे गर्न पनि हक छ । थिङकिङ अफ यू ।

२०६४–५–५ , समय राती ९ः४५ । आई लभ यू, आई लभ यू । हाम्रो मायाले यस्ता वसन्तहरु हजारौ पार गर्लान् ।

हजुरको मनमा म प्रतिको माया, श्रद्दा कहिले कम नहोस् । म बाट सोचेभन्दा ज्यादा खुशी मिलोस् । हाम्रो माया सधैभरिलाई बाँचिरहोस् । आई लभ यू जान । आज म फेरी यो कापी र कलमलाई साथी बनाएर मेरो मनको भावानाहरु हजुरप्रति समर्पित गर्दे यो लेटर लेख्दैछु । आजको दिन मेरो लागि धेरै स्पेशल छ ।

आज नै मैले कसैको जीवनमा पूर्ण रुपले प्रवेश गर्दे छु । कसैलाई लाइफ पार्टनर बन्ने अधिकार दिएको थिए । यो ६ मन्थमा हामी धेरै क्लोज भइसकेका छौं । यति क्लोज हुन्छौ होला हामी भनेर मैले कल्पनासम्म पनि गरेको थिइन । ३ मन्थमा नै हामी एक अर्कामा पूर्ण रुपले समर्पित भयौ । किन, कसरी त्यस्तो हुन गयो मलाई थाहा छैन । यति थाहा छ की मलाई हजुर माथि पूर्ण विश्वास थियो ।

त्यही विश्वासमा मैले मेरो सर्वश्व हजुरलाई सुम्पिदिएँ । तर, अहिले आएर यो हजुरले कस्तो कुरा गर्नु भयो । म हजुरविना अरुको कुरा सोच्न पनि सक्दिन । अरु सँग विहे गर्छु । हजुरलाई मैले युज एण्ड थ्रो गर्न खोजेको , म हाम्रो सम्वन्ध टुटाउन खोज्दै छु । यस्तो कुरा हजुरले कसरी सोच्न पनि सक्नु भयो ?

विजी लभ्स यु टू मच । हाम्रो मायाको यात्रामा मैले पनि कुनै दिन गल्ती गरेको छु होला । त्यस गल्तीलाई सुधार्ने मौका दिनोस् । गल्ती गरेको रहेछु भनेर फिल गराउनुहोस् । तर, रिसाएर म बाट टाढा प्लीज नजानुहोस् । हरपल म हजुरको साथको प्रतीक्षामा छु ।

मैले सुसलाई म्यासेजमा दादाले मलाई गाली गर्नुृभयो । मैले छोडेर जाँदा पनि मैले ठूलो गल्ती गरे छु जस्तो फिल भयो । मलाई दादाले कराउँदा भनेर लेखेको थिएँ । त्यो गल्ती मैले हल गरेर गएछु भनेर लेख्न खाजेको थिए तर अपोजिट कुरा नेगेटिभ कुरा सोच्ने हजुरको माइण्डले यति पनि बुझ्न सकेन । मैले हजुरसँग सम्वन्ध गाँसेकोमा ठूलो गल्ती गरेछु भनेर लेख्ने जस्तो सोच्नु भो हैन ?

तर तपाई एकदम गलत हुनुहुन्छ । यस्तो सोचाई मलाई कहिले आएको थिएन । तर, तपाइले यस्तो कुरा सोच्न मलाई बाध्य बनाउनु हुदैन । मलाई अचम्म लाग्छ , हजुरलाई के कुरामा चित्त बुझ्दैन । खै घरीघरी निहुँ खोजीरहनुहन्छ । सानोसानो कुरामा पनि । अस्ति नै मैले २५ गते विश गर्न बिर्से भनेर महाभारत मच्चाउनु भयो । यस्तो लाग्दैथियो मलाई, की हजुरले आज नै हाम्रो रिलेशनलाई इण्ड गर्ने बेलामा पो देखाउँछन् त । हाम्रो रिलेशन ।

आई वान्ट टु लुज यू बिकाउज यू आर द वे अफ माई लाइफ जान । यति छोटो समयमा मलाई जति धेरै माया र खुशी दिनुभएको छ , त्यती नै मेरो मन पनि दुखाउनुभएको छ । हाम्रो सम्वन्धमा कुनैपनि शंका र बाधा–अड्चन नआओस्, अझ बलियो बनोस् । हाम्रो रिलेशन म यही चाहान्छु ।

बिकाउज आई अफ्रेड टू लुज यू । सात जन्मको लागि बनेको छ भन्ने थाहा हुँदाहुँदै पनि झगडा गर्न खोज्नुहुन्छ । आखिर त्यो दिन मलाई रुवाउनु सम्म रुवाउनु भयो । अन्तमा हामी मिलिहाल्यौ त । मलाई डर देखाएर, धम्काएर माया गर्न नसिकाउनु न हजुर । मायाले सिकाउँदा पनि हुन्छ नी राजा । अव त मलाई मिसकल हान्न पनि , स्पेशल डे मा विश गर्न पनि हजुर रिसाउनु हुन्छ भनेर गर्न मन लाग्न छोडो । विश गर्न मिस हुन्छ भन्दा पनि हजुरको रिस देखी साह्ै डर लाग्छ मलाई ।

अस्ति नै फिल्म हेरेर एउटा दोकानमा मज्जाले गफ गर्दे खाजा खायौं । त्यो दिनको संझनाले गर्दा अहिले पनि सिरिङ हुन्छ मरो मन । मैले पे गर्न खोज्दा पैसा पुग्दैन जस्तो लाग्यो मलाई र हजुरसँग सोधे । हजुरले १० रु मात्र छ भनेर देखाउनुभयो मलाई । मेरो त होसह्वास नै उड्यो । सवै पैसा निकालेर दिए हजुरलाई यति नै छ म सँग भनेर । मेरो दिमागले काम गरिरहेको थिएन । ल अव के हुन्छ होला भनेर किनकी मेरो पैसाले विल तिर्न पुग्दैनथियो । र, हजुरसँग पनि पैसा थिएन जस्तो लाग्यो । म पर डोरनेर गएर बसे ।

हजुरलाई यो सव लेख्नुपर्ने जरुरी त थिएन तर खै मलाई लेख्न मनै लाग्यो । सायद हजुरको सामन्ने म यस्ता कुराहरु राम्ररी गर्न आँट गर्दिन थिए होला । मेरा कुराहरु राम्ररी मनन गर्नु होला । हामी सधै भेटिरहदा त कहिलेककाही पक्कै पनि पुग्दैन । त्यसमा हजुर मेरो गल्ती छ भन्ने ठान्नु हुन्छ । तर, किन भेट्न नचाहेको मेरो समस्या बुझ्नु हुन्न । मलाई सोध्नुहुन्छ र आफै रिसाउनुहुन्छ ।

एकैछिनमा हजुरले जाउ हिड भन्नु भो मलाई । हजुरसँग पैसा रहेछजस्तो लाग्यो …क्रमश….

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]