२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

१० औं नेपाली राष्ट्रिय ढाका टोपी दिवस र अंग्रेजी नयाँ बर्ष दुवै संसारभर मनाइदै…

Logo
प्रकाशित आइतबार, पुष १७, २०७९

निरज बस्नेत
विराटनगर, पुष १७
मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो, कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने, मेरो टोपी…यो हरफ सहितको स्टाटस हाल्दै समग्रमा १० औं राष्ट्रिय ढाका टोपी दिवसको राम्रो म्यासेज सहितको शुभकामना विराटनगर तिनपैनी निवासी मनिस प्रितम निरौलाले दिएका छन् ।

युवा कलाकारको बेग्लै छवि बनाएका प्रितम अक्सर राजधानी काठमाडौंमै बस्छन् । तर, पनि आफु जन्मे, हुर्केको विराटनगरलाई हमेशा मिस गर्छन् । साथै प्रितमले अंग्रेजी नयाँ बर्षको समेत शुभकामना दिन भ्याए ।

यसै सन्दर्भमा , चुलाचुली गाउँपालिका निवासी पत्रकार सुरज पौडेलले पनि नेपाली ढाका टोपीको अवसरमा सवैलाई हार्दिकता पूर्वक शुभकामना व्यक्त गरेका छन् । यही मेसोमा पौडेलको आज अंग्रेजी नयाँ बर्षमा राम्रै रमाइलो गर्ने योजना पनि रहेको जानकारीमा आएको छ ।

विराटनगरका अधिकांश होटलहरु हिजो इभ न्यू इयरबाट नै भरिभराउ छन् । यो क्रम आज पनि चल्ने होटल संघ विराटनगरका सदस्य रविन्द्र झा ले जानकारी दिएँ ।

यता पर्यटकीय नगरी भेडेटारमा अंग्रेजी नयाँ बर्षकै मौकामा फुड फेष्टिवल हिजोबाट शुरु भएको छ । यो फुड फेष्टिवल भोली सम्म गरेर ३ दिन चल्ने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताएँ ।

मूलतः नेपाली ढाका टोपी दिवस संसारभर छरिएर रहेका नेपालीहरुले मनाइरहेका छन् । विदेशी नागरिहरु समेत यो नेपाली ढाका टोपी शिरमा लाउँदा औधी रमाउने गरेको पाइएको छ ।

यता अंग्रेजी नयाँ बर्ष २०२३ गएराती १२ बजेबाट नै शुरु भइसकेको छ । यो नयाँ बर्ष पनि संसारभर मनाउने प्रचलन रहेको पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]