१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

१० औं नेपाली राष्ट्रिय ढाका टोपी दिवस र अंग्रेजी नयाँ बर्ष दुवै संसारभर मनाइदै…

Logo

निरज बस्नेत
विराटनगर, पुष १७
मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो, कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने, मेरो टोपी…यो हरफ सहितको स्टाटस हाल्दै समग्रमा १० औं राष्ट्रिय ढाका टोपी दिवसको राम्रो म्यासेज सहितको शुभकामना विराटनगर तिनपैनी निवासी मनिस प्रितम निरौलाले दिएका छन् ।

युवा कलाकारको बेग्लै छवि बनाएका प्रितम अक्सर राजधानी काठमाडौंमै बस्छन् । तर, पनि आफु जन्मे, हुर्केको विराटनगरलाई हमेशा मिस गर्छन् । साथै प्रितमले अंग्रेजी नयाँ बर्षको समेत शुभकामना दिन भ्याए ।

यसै सन्दर्भमा , चुलाचुली गाउँपालिका निवासी पत्रकार सुरज पौडेलले पनि नेपाली ढाका टोपीको अवसरमा सवैलाई हार्दिकता पूर्वक शुभकामना व्यक्त गरेका छन् । यही मेसोमा पौडेलको आज अंग्रेजी नयाँ बर्षमा राम्रै रमाइलो गर्ने योजना पनि रहेको जानकारीमा आएको छ ।

विराटनगरका अधिकांश होटलहरु हिजो इभ न्यू इयरबाट नै भरिभराउ छन् । यो क्रम आज पनि चल्ने होटल संघ विराटनगरका सदस्य रविन्द्र झा ले जानकारी दिएँ ।

यता पर्यटकीय नगरी भेडेटारमा अंग्रेजी नयाँ बर्षकै मौकामा फुड फेष्टिवल हिजोबाट शुरु भएको छ । यो फुड फेष्टिवल भोली सम्म गरेर ३ दिन चल्ने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताएँ ।

मूलतः नेपाली ढाका टोपी दिवस संसारभर छरिएर रहेका नेपालीहरुले मनाइरहेका छन् । विदेशी नागरिहरु समेत यो नेपाली ढाका टोपी शिरमा लाउँदा औधी रमाउने गरेको पाइएको छ ।

यता अंग्रेजी नयाँ बर्ष २०२३ गएराती १२ बजेबाट नै शुरु भइसकेको छ । यो नयाँ बर्ष पनि संसारभर मनाउने प्रचलन रहेको पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]