०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मायालुको संझनामा कोरिएको यादगार पत्र ४, मेरो चित्त दुःख्यो…

Logo

निरज बस्नेत
विराटनगर, पुष १७
कुरा बुझ्नु होइन आफै, मन दुखाएर हुन्छ । मैले त्यो दिनको सारा कथा लेख्नुको कारण पनि यही हो की हजुर आफ्नो मनको कुरा मलाई नभनी केही मेरो बारेमा नराम्रो सोच्न पाउनुहुन्न ।

अव यसमा हजुरको दोष छ, न मेरो परिस्थिती, त्यसैले आयो । तर, हामीलाई सचेत बनायो । हो की होइन राजा । मलाई लाग्यो हजुरसँग पैसा छैन भनेर, र, थियो भने किन म देखी लुकाउनुभयो ? भनेर मेरो चित्त दुःख्यो ।

हजुरलाई मैले हजुरको हेल्प मागिन भनेर चित्त दुःख्यो होला । उसले भनेपछि मात्र म भन्छु । उसले स्पेशल डे मा विश गरिन । म मात्र मिसकल गर्ने, यू चाहीँ फोन नगर्ने , म पनि गर्दिन । यस्ता–यस्ता कुराहरुमा रिस देखाएर त हुनेवाला केही छैन । अर्काले गर्छ भन्ने पालो कुरेरबसो, मन चोरो, बसो, भने सधै यस्तैयस्तै मिस अण्डरस्ट्याण्डिङ भैरहन्छ हामीबीचमा ।

मैले भन्न खाजेको यत्ति हो की सानोसानो कुरामा रिसाउनु भएन । खै म रिसाएर हजुरले फकाएको कुन दिन छ र ? जहिले म नै आखिर जसको गल्ती भएपनि यसरी चुप लागेर को भन्दा को कम भनेर रिसाएर त भएन भनेर म आफै सरी भन्छु । तर, कहिलेकाही त मेरो सरी पनि एक्सेप्ट हुदैन ।

काले मोरा , आई. लभ. यू. । स्माइल प्लीज । म दुःखीलाई हजुर धेरै आश र भरोसा देखाउनु भएको थियो । मैले यस भन्नु भन्दा अगाडी मलाई कुनै संकटमा पार्दिन । मैले जे भने पनि मान्छु, भन्नुभएको थियो । हाम्रो माया निःस्वार्थ हुनेछ । भनेर, फकाउनुहुन्थ्यो । हजुर आफ्नो बाचा निभाउन विर्सनु भए जस्तो छ । म यस्तो छु । मलाई ठिक लागेन भने म त्यो काम गर्दिन । हजुरले मलाई त्यसमा साथ दिनुपर्छ । र, धेरै जिद्दी गर्ने बानी हजुरको छ नी, भनेपछि हुनैपर्ने त्यसलाई सुधार्नुृहोस् । किनभने मानिसले चाहेको हरेक कुरा पुग्दैन लाइफमा ।

हिजो म फेरी रोएँ । हजुरको धेरै कुराहरु सुनेर । मलाई लाग्थ्यो हजुर मेरो जीवनमा आएर, म हाँसी मात्र रहन्छु । अब आँशु कहिले झर्देन मेरो आँखाबाट जस्तो लाग्थ्यो मलाई । तर, म पहिलाको भन्दा पनि बढी रुने गर्छु । आजकल मेरो मुटुमा बारम्वार काँढा झैं हजुरको शब्दले प्रहार गर्छ । र, हाम्रो भविष्य सम्झन्छु । अनि अरुको जस्तै हाम्रो पनि त पछि झगडा हुन्छ होला नी जस्तो लाग्छ । हाम्रो लभ स्टोरी सफल पार्छु भन्ने किन हजुर किन मलाई शंका गर्नुहुन्छ खाली । अब त हामीबीच बाँकी रहेको केहीपनि छैन । सवै हजुरलाई नै सुम्पिदिएँ…क्रमश…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]