०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

“पैशा बुझाएपछि नियुक्त हुन्छन् पू.वि.का भिसि र रजिष्टार”

२५ वर्ष बितीसक्दा पनि पू.वि. भित्रैबाट कसैले पाउन सकेनन् नेतृत्व
Logo

राजेश शर्मा
बिराटनगर,भाद्र ४
पूर्वाञ्चल विश्वविद्यालय (पू.वि.) प्राध्यापक एवं कर्मचारी संघले विश्वविद्यालयका लागी उपकुलपति एवं रजिस्ट्रार बाहिरबाट नपठाउन सरकारलाई आग्रह गरेका छन् ।संघका केन्द्रिय समितिले आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयमा कार्यरत वरिष्ठ प्राध्यापकहरु मध्यबाटै नेतृत्व छानिनु पर्ने उनीहरुले माग गरेका समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै कार्मचारी संघका सभापति राज कुमार सापकोटाले पू.वि. को २५ ओ बर्ष पूरा भइसके पनि नियुक्तिमा हुने राजनीतिक भागबण्डा कारण हालसम्म पू. बि भित्रैबाट कसैले नेतृत्व पाउन नसकेको गुनासो गरे ।
पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति डा.सन्देशदास श्रेष्ठले बाहिरबाट आएको पदअधिकारीभन्दा पू वि भित्रकै प्रध्यापकलाई विश्वविद्यालयको बारेमा राम्रो ज्ञान हुने बताए । उनले भने “बाहिरबाट नियुक्ति भएर आएका पदाधिकारीलाई छ महिना त विश्वविद्यालयलाई बुझन नै लाग्छ, जो त्यो ठाउँको छ उसले मात्र त्यो ठाउँको मर्म र आवश्यकता बुझेको हुन्छ तै भएर पू. बि.का प्राध्यापकहरु मध्येबाटै विश्वविद्यालय संचालनको नेतृत्व दिनुपछ”
प्राध्यापक संघका पुर्ब सभापति दिनेशराज सुवेदीले पदाधिकारीहरु आर्थिक लेनदेनबाट नियुक्ति भएर आउने हुने भएकाले आएको रकम भन्दा बढी उठाउने चलखेलमा पदाधिकारीहरु भुलने गरेको आरोप लगाए ।
माग बिपरित पू. बि. भन्दा बाहिरबाट पदाधिकारी नियुक्ति गरिएको अवस्थामा उत्पन्न हुने परिस्थितिका जिम्मेवार सम्बन्धित निकाय स्वयम्को हुने बिज्ञप्तिमा चेतावनी दिईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]