१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पाँचथरमा लागेको आगलागीमा परेर २ जनाको मृत्यु, ५० लाखको क्षति

Logo

निरज बस्नेत
विराटनगर, पुष २०
फिदीम नगरपालिका–५ घुमाउनेटारमा आगलागी लागेको छ । गएराती लागेको आगलागीमा परी २ जनाको मृत्यु हुन पुग्यो । अन्य २ जना घाइते पनि हुनपुगे ।

स्थानीयवासी मेघबहादुर गुरुङको घरमा आगो लागेको बताइएको छ । राती १ः३५ बजे अचानक आगलागी भएको गुरुङ बताउँछन् । जसमा गुरुङकी बुहारी २३ बर्षिया आसाङसिं थेवे र २२ वर्षिया बर्षिया छोरी ममता गुरुङको आगोमा जलेर मृत्यु भएको हो । सो कुराको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक हरि खतिवडाले दिएँ ।

आगलागीमा परी मेघ गुरुङ र विजेन्द्र गुरुङ समेत सामान्य घाइते भएका छन् । र, अन्य ३ जना भने भाग्न सफल भई जोगिएका पनि छन् । आगलागीबाट घर पूर्णरुपमा क्षति भएको छ । यसवाट ५० लाख बराबरको क्षति भएको हुनसक्ने अनुमान छ ।
तस्विरः जितबहादुर भण्डारी, रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]