०७ चैत्र २०८१, शुक्रबार
21-03-2025 , Fri
Gold Silver Price (6 chaitra 2081, WED)
Fine Gold 1 Tola NRs. 176500
Silver 1 Tola Nrs. 2060

पाँचथरमा लागेको आगलागीमा परेर २ जनाको मृत्यु, ५० लाखको क्षति

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

निरज बस्नेत
विराटनगर, पुष २०
फिदीम नगरपालिका–५ घुमाउनेटारमा आगलागी लागेको छ । गएराती लागेको आगलागीमा परी २ जनाको मृत्यु हुन पुग्यो । अन्य २ जना घाइते पनि हुनपुगे ।

स्थानीयवासी मेघबहादुर गुरुङको घरमा आगो लागेको बताइएको छ । राती १ः३५ बजे अचानक आगलागी भएको गुरुङ बताउँछन् । जसमा गुरुङकी बुहारी २३ बर्षिया आसाङसिं थेवे र २२ वर्षिया बर्षिया छोरी ममता गुरुङको आगोमा जलेर मृत्यु भएको हो । सो कुराको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक हरि खतिवडाले दिएँ ।

आगलागीमा परी मेघ गुरुङ र विजेन्द्र गुरुङ समेत सामान्य घाइते भएका छन् । र, अन्य ३ जना भने भाग्न सफल भई जोगिएका पनि छन् । आगलागीबाट घर पूर्णरुपमा क्षति भएको छ । यसवाट ५० लाख बराबरको क्षति भएको हुनसक्ने अनुमान छ ।
तस्विरः जितबहादुर भण्डारी, रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, चैत ७ । भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि नेपालमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ। विशेषगरी औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ। यही बीच ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विद्युत् कटौतीको विषयमा मतभिन्नता देखिएको छ। ऊर्जामन्त्री खड्काले राष्ट्रिय सभाको बैठकमा स्पष्ट रूपमा उल्लेख गरे […]

काठमाडाैं, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष पाँच लाख १४ हजार ७१ जना विद्यार्थीले परीक्षा दिँदैछन्, जुन गत वर्षको तुलनामा ४९ हजार बढी हो। परीक्षा देशभरका २,०७९ केन्द्रमा बिहान ८ बजेदेखि सञ्चालन भइरहेको छ। आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य […]

काठमाडाैं, चैत ५ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा मंगलबार स्ववियु निर्वाचनको मतदान सुरु भएको छ। काठमाडौं, धरान, नेपालगन्ज, पोखरा र पाल्पालगायतका क्याम्पसहरूमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ। राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी समूहले निर्वाचनमा भाग लिएका छन्। दुई आंगिक र ८५ सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु पहिले […]