१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

बर्जु गाउँपालिकाका अध्यक्ष, जीवच्छ कुमार राय, जनताको मन जित्दै , अगाडी बढ्दै

Logo

निरज बस्नेत
बर्जु, पुष २४
सुनसरीको चिमडीमा रहेको बर्जु गाउँपालिकाका अध्यक्ष जीवच्छ कुमार राय, जनताको मन जित्दै, अगाडी बढिरहेका छन् । एमालेबाट गएको स्थानीय चुनावमा बर्जु गाउँपालिकाको अध्यक्ष जितेर आएका रायमा चाडैं जनतासँग घुलमिल हुने खुवी छ ।

रायको यही असल बानीले आज बर्जु गाउँपालिकामा आम गाउँपालिकावासीले सुशासनको अनुभूति गरिरहेका छन् । बर्जुमा जम्मा ६ वटा वडा कार्यालहरु छन् । ६ मध्ये ४ वटा वडाहरु एमालेको पोल्टामा गएको छ । वडा नं. ६ र ३ चाँही कांग्रेसले जितेको छ ।

उपाध्यक्षमा नितु कुमारी चौंधरी समेत एमालेकी नै हुन् । कार्यपालिकामा एमालेको स्पष्ट बहुमत पुग्छ । यही कारण पनि अध्यक्ष रायले जनताको तहमा पुग्ने गरी काम गर्न सक्छ । यसलाई नै शिरोधार्य गर्दे बर्जु गाउँपालिकाका अध्यक्ष राय सहितको टिमले जनताको मन जित्ने काम गरिरहेको आम बर्जुवासी सगौरव बताउँछन् ।

जनताको पक्षमा सही निर्णय गर्ने क्षमता भएकै कारण समेत अध्यक्ष राय सवैमाझ लोकप्रिय छन् । यिनको लोकप्रियताको अगाडी अन्य पार्टीका प्रतिनिधि फिक्का सावित भएको देखिन्छ । बर्जु गाउँपालिका कार्यालय अहिले नयाँ भवनमा संचालित छ । एकतल्ले यो भवनको पूर्वपट्टिीको कुनाको कोठा गाउँपालिका अध्यक्ष रायको हो । यहाँ अक्सर आउँने आगन्तुकलाई रायले पूरापूरी समय दिने गरेका छन् । संभव भएसम्मको सक्दो सहयाेग गर्ने पनि गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रमोद चाैधरि अलिक कडीकडाउँ छन् । तरपनि जायज काममा निपुर्ण छन् । लेखा अधिकृतमा विप्लव घिमिरे कार्यरत छन् । घिमिरे मिजासिला , सहयोगि नै छन् । सूचना अधिकृतमा सृजना क्षेत्री फ्रेण्डली स्वभावकी पाइयो । अन्य कर्मचारीमा समेत मित्रताको स्वभाव राम्रो देखिएको पाइयो ।

नयाँ भवन भएकै कारण पनि शौचालय सफा, राम्रो देखिन्छ । सावुन, हेण्डवासको राम्रै प्रवन्ध छ । पिउँने पानीको लागि जारकै व्यस्था छ । भवनभित्र छिर्नासाथ सहयोग कक्ष छ ।

समग्रमा दूरदृष्टि भिजन भएका बर्जु गाउँपालिकाका अध्यक्ष राय सहितकाे टिम रहुन्जेल यो ५ बर्षभित्रमा केही न केही राम्रै काम गरेर जाने बर्जुवासी अधिकांशको विश्वास रहेको छ ।

गाउँपालिका भवन कै अगाडी वडा नं. ५ को वडा कार्यालय छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]