१२ जेठ २०८२, आइतबार
25-05-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

बालेन दम्पती मस्तीमा

Logo
प्रकाशित आइतबार, पुष २४, २०७९

निरज बस्नेत
विराटनगर, पुष २४
काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह दम्पती मस्तीमा रमाइरहेका छन् । इण्डोनेसिया भ्रमणमा निस्केको यो दम्पती रमाइलो मुडमा देखिएको तस्वीर सामाजिक संजालभरि भाइरल भइरहेका छन् ।

काठमाडौं महानगरको काम बग्रेल्ती छोडी बालेन, श्रीमतीसहित परदेशमा रमाई–रमाई घुम्नुलाई नमच्चिने पिङको सय झड्काको संज्ञा दिई विश्लेषकहरुले टिप्पणी गरिरहेका छन् । प्रायः प्राय काठमाडौंवासीहरुको मन जितेर गएको स्थानीय चुनावमा काठमाडौं महानगरको मेयर बनेका बालेनलाई आज आएर यही मेयर पदको ज्यादा उन्माद चढेको धेरै काठमाडौंवासीहरुको टिप्पणी पनि रहदै आएको देखिन्छ ।

यावत् जनताको मागलाई सम्वोधन गर्ने यो महत्वपूर्ण समयमा पत्नी समेत लिएर इण्डोनेसिया हानिनुमा अधिकांशले नराम्रो मानेका छन् । हुन त यो बालेनको व्यक्तिगत मामला होला, कहीँकतै घुम्न जान पाउँनु पनि बालेनको व्यक्तिगत स्वतन्त्रताभित्र पर्ला ।

कसैलेपनि कसैको निजी जीवनमा दख्खल नजरअन्दाज गर्नुपनि हुन्न भन्ने फेरी अर्कोतर्फ बुझाई रहेको पाइन्छ । तथापि बालेन एक व्यक्ति नभएर संस्था हुन् । त्योपनि जनप्रतिनिधि हुन् ।

राजधानी काठमाडौंको मेयर भनेको वास्तवमैं कार्यकारी पोष्ट हो । फूल पावर हुने यो पदधारण गर्ने व्यक्ति आम जनतामा बढी फोकस हुनु नै पर्दछ । घुम्नु, रमाइलो गर्नुपर्छ । तर, कतिवेला …? प्रश्न जटिल बन्दैछ…बालेनको सवालमा…?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १० जेष्ठ । गणतन्त्र दिवसकै दिन पारेर  राजावादी समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आन्दोलन घोषणा गरेसँगै यसबारे चर्चा–परिचर्चा हुँदै आएको छ भने उक्त समूहले अहिले आन्तरिक तयारीलाई तीव्रता दिइरहेको छ । सुवेदीको नेतृत्वमा गत चैत ४ मा पहिलो पटक राजसंस्था पुनर्स्थापनाका लागि भन्दै […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]

झापा, जेठ १० । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बरावरको स्कूल व्याग सहितका स्टेशनरी […]