३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

३५ बिपन्न परिवारलाई न्यानो लुगा वितरण

Logo

दिनेश खड्का

विराटनगर, पुष २४
रोट्रयाक्ट क्लब अफ बिराटनगरले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै न्यानो लुगा वितरण गरेको छ ।

शनिवार नयाँ वर्षकाे पुर्वसन्ध्यामा क्लबका पूर्व अध्यक्ष रोहित रौनियार, प्रेम पारक, अन्शु निरौला, अनिल रौनियार लगायतले बिराटनगरका आसपासका बस्तीमा पुगेर गरिब, विपन्न एवम् अशक्तहरुलाई न्यानो लुगा वितरण गरेका हुन् ।

बिराटनगर महानगरपालिका वडा नम्बर १२ बखरीका ३५ बिपन्न परिवारलाई न्यानो लुगा वितरण गरिएको हो । बिराटनगरका थोक कपडा बिक्रेताहरुको सहयोगमा उपलब्ध कपडा विभिन्न उमेर समूहका व्यक्तिहरुलाई वितरण गरिएको हो ।

यसअघि बिराटनगर ७ स्थित माया छात्राबासमा पनि चिसो मौसममा लगाउन बाक्लो मोजा वितरण गरिएको थियो । साथै आगामी दिनमा पनि क्लबले सामाजिक कार्यलाई निरन्तरता दिने क्लबका कोषाध्यक्ष प्रेम पारखले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]