०३ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
Gold Silver Price (27 ASAR 2082, FRI)
Fine Gold 1 Tola NRs. 192300
Silver 1 Tola Nrs. 2235

बर्जु १ का विकासप्रेमी वडाअध्यक्ष

Logo
प्रकाशित मंगलबार, पुष २६, २०७९

निरज बस्नेत
बर्जु १, बर्जु, पुष २६
दिल बहादुर गुरुङ, विकासप्रेमी वडाअध्यक्ष हुन् । यसको लागि उनको कामकार्वाही हेरे पुग्छ । यस वडा नं. १ का आम जनता विकासप्रेमी वडाअध्यक्ष दिल बहादुर गुरुङको कार्यशैलीदेखी सन्तुष्ट व्यक्त गर्छन् ।

जनताको घर–घरमा गएर जनताको मन जित्न सामान्य कुरा हुदै हैन । यही असल कार्यशैलीकै कारण आज बर्जु १ का वडाअध्यक्ष चर्चित छन् ।

एमालेबाट वडाअध्यक्ष जितेपनि अन्य पार्टीका नेतागणसँग समेत गुरुङको मित्रता प्रगाढ छ । गुरुङको कार्यकक्षमा जाँदा गुरुङले गर्ने व्यवहार चित्तबुझ्दो पाइन्छ । मिजासिला फरासिला व्यक्तित्वका धनी यिनी अक्सर कुरा कम गर्छन् । जनताको तहमा पुग्ने सक्दो काम गर्नमा आफ्नो ध्यान हमेशा केन्द्रित गर्छन् । यही राम्रो असल परिपाटीले आज यिनको चर्चा वडाभरि जताततै चलेको राम्रै छ ।

गाउँपालिका अध्यक्ष जीवच्छ कुमार रायसँगको राम्रो सम्वन्धले यिनलाई वडामा काम गर्न झन् सजिलो भएको छ । हुन त वडाअध्यक्ष गुरुङको सम्वन्ध कार्यपालिकाका सवैसँग राम्रो नै रहेको छ ।

त्यस्तैगरी वडा नं. ३ र ६ का समकक्षी वडाअध्यक्षद्दयसँग पनि राम्रो मित्रता रहेको छ । यी दुवै वार्डमा, वार्ड प्रमुख कांग्रेस कोटाबाट निर्वाचित छन् ।

बर्जु गाउँपालिका कार्यपालिकामा एमालेको मेजरिटी भएकै कारण , गुरुङ लगायत सिंगो गाउँपालिकालाई जनताको तहमा काम गर्ने सजिलो नै देखिन्छ ।

अन्तमाः कारण जे–जसतो भएतापनि सेवाग्राहीप्रतिको दृढ विश्वासमा यिनी अटल छन् । आएको गर्न सक्ने काम फत्ते गर्ने यही राम्रो आदत नै गुरुङको सफलताको राज हो । आगामी दिनमा यिनको यस्तै कामकार्वाहीले निरन्तरता पाओस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२९ असार । पतंजली महानगर योग समिति विराटनगरले नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान गरेको छ । महिला पतंजली योग महानगर समिति तथा पतंजली योग समिति मोरङको समन्वयनमा विराटनगर ४ दयालु राधाकृष्ण धर्मशालामा कार्यक्रम भएको हो । २५ जना भन्दा नयाँ योग साधक,साधिकाहरुलाई प्रमाणपत्र र परिचय प्रदान गरिएको महानगर योगसमिति संयोजक शिल्पा प्याकुरेलले जानकारी दिइन् […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]