०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बर्जु १ का विकासप्रेमी वडाअध्यक्ष

Logo

निरज बस्नेत
बर्जु १, बर्जु, पुष २६
दिल बहादुर गुरुङ, विकासप्रेमी वडाअध्यक्ष हुन् । यसको लागि उनको कामकार्वाही हेरे पुग्छ । यस वडा नं. १ का आम जनता विकासप्रेमी वडाअध्यक्ष दिल बहादुर गुरुङको कार्यशैलीदेखी सन्तुष्ट व्यक्त गर्छन् ।

जनताको घर–घरमा गएर जनताको मन जित्न सामान्य कुरा हुदै हैन । यही असल कार्यशैलीकै कारण आज बर्जु १ का वडाअध्यक्ष चर्चित छन् ।

एमालेबाट वडाअध्यक्ष जितेपनि अन्य पार्टीका नेतागणसँग समेत गुरुङको मित्रता प्रगाढ छ । गुरुङको कार्यकक्षमा जाँदा गुरुङले गर्ने व्यवहार चित्तबुझ्दो पाइन्छ । मिजासिला फरासिला व्यक्तित्वका धनी यिनी अक्सर कुरा कम गर्छन् । जनताको तहमा पुग्ने सक्दो काम गर्नमा आफ्नो ध्यान हमेशा केन्द्रित गर्छन् । यही राम्रो असल परिपाटीले आज यिनको चर्चा वडाभरि जताततै चलेको राम्रै छ ।

गाउँपालिका अध्यक्ष जीवच्छ कुमार रायसँगको राम्रो सम्वन्धले यिनलाई वडामा काम गर्न झन् सजिलो भएको छ । हुन त वडाअध्यक्ष गुरुङको सम्वन्ध कार्यपालिकाका सवैसँग राम्रो नै रहेको छ ।

त्यस्तैगरी वडा नं. ३ र ६ का समकक्षी वडाअध्यक्षद्दयसँग पनि राम्रो मित्रता रहेको छ । यी दुवै वार्डमा, वार्ड प्रमुख कांग्रेस कोटाबाट निर्वाचित छन् ।

बर्जु गाउँपालिका कार्यपालिकामा एमालेको मेजरिटी भएकै कारण , गुरुङ लगायत सिंगो गाउँपालिकालाई जनताको तहमा काम गर्ने सजिलो नै देखिन्छ ।

अन्तमाः कारण जे–जसतो भएतापनि सेवाग्राहीप्रतिको दृढ विश्वासमा यिनी अटल छन् । आएको गर्न सक्ने काम फत्ते गर्ने यही राम्रो आदत नै गुरुङको सफलताको राज हो । आगामी दिनमा यिनको यस्तै कामकार्वाहीले निरन्तरता पाओस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]