२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

बर्जु ३ का वडाअध्यक्ष, सवैको रोजाइको जनप्रतिनिधि

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९

निरज बस्नेत
बर्जु ३, बर्जु, पुष २७
सुनसरीको सुन्दर गाउँपालिकामध्येको एक बर्जु गाउँपालिका हो । बर्जु गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष विनोद कुमार गुरुङ हुन् । नेपाली कांग्रेसबाट विजेता रहेका हुन् ।

अहिले यिनी गाउँपालिकामा सवैको प्रिय हुदै गइरहेको महसुस गरिदैं छ । यिनलाई झन् यिनको आफ्नै वडा नं. ३ का आम वडावासीले स्वभावत् मनपराउने भइहाले । यिनको काम गराई जनताको छिट्टै मन जित्ने खालको नै देखिने कुरा स्थानीय रुपेश कुमार चौधरी बताउँछन् । चौंधरी जस्तै अन्य थुप्रै वडावासीको दावी छ ।

वडाका जनता काम लिएर वडासम्म आउँदा अध्यक्ष गुरुङ झर्को–फर्को नमानी आफ्नै सम्झि आरामका साथमा आवश्यक काम गरिदिन्छन् । अझ आवश्यकता अनुसार वडावासीको माग बमोजिम कतिपय काम घरमै गएर समेत गरिदिन्छन् ।

कांग्रेसबाट वडाअध्यक्ष जितेको भएतापनि यिनको कामबाट अन्य दलका प्रतिनिधिले समेत खुलेर प्रंससा गर्ने गरेका छन् । विकास–निर्माणका काम स्रोत–साधनले भ्याएसम्मको गरिछाड्ने यिनको दृढ संकल्प रहेको छ । यसमा आम वडावासी साथ अध्यक्षलाई हमेशा स्टेप–स्टेपमा मिलिरहेको नै छ ।

आगामी दिनमा समेत आम वडावासीको मन जित्दै वडावासीकै साथमा रहेर आवश्यक कामकार्वाही अगाडी बढाउँदै लग्ने अध्यक्ष गुरुङको प्रतिवद्दता देखिन्छ । गुरुङको प्रतिवद्दतामा बर्जु गाउँपालिकाका अध्यक्ष जीवच्छ रायको समेत ऐक्यवद्दता रहेको पाइयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]