१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

बर्जु ३ का वडाअध्यक्ष, सवैको रोजाइको जनप्रतिनिधि

Logo

निरज बस्नेत
बर्जु ३, बर्जु, पुष २७
सुनसरीको सुन्दर गाउँपालिकामध्येको एक बर्जु गाउँपालिका हो । बर्जु गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष विनोद कुमार गुरुङ हुन् । नेपाली कांग्रेसबाट विजेता रहेका हुन् ।

अहिले यिनी गाउँपालिकामा सवैको प्रिय हुदै गइरहेको महसुस गरिदैं छ । यिनलाई झन् यिनको आफ्नै वडा नं. ३ का आम वडावासीले स्वभावत् मनपराउने भइहाले । यिनको काम गराई जनताको छिट्टै मन जित्ने खालको नै देखिने कुरा स्थानीय रुपेश कुमार चौधरी बताउँछन् । चौंधरी जस्तै अन्य थुप्रै वडावासीको दावी छ ।

वडाका जनता काम लिएर वडासम्म आउँदा अध्यक्ष गुरुङ झर्को–फर्को नमानी आफ्नै सम्झि आरामका साथमा आवश्यक काम गरिदिन्छन् । अझ आवश्यकता अनुसार वडावासीको माग बमोजिम कतिपय काम घरमै गएर समेत गरिदिन्छन् ।

कांग्रेसबाट वडाअध्यक्ष जितेको भएतापनि यिनको कामबाट अन्य दलका प्रतिनिधिले समेत खुलेर प्रंससा गर्ने गरेका छन् । विकास–निर्माणका काम स्रोत–साधनले भ्याएसम्मको गरिछाड्ने यिनको दृढ संकल्प रहेको छ । यसमा आम वडावासी साथ अध्यक्षलाई हमेशा स्टेप–स्टेपमा मिलिरहेको नै छ ।

आगामी दिनमा समेत आम वडावासीको मन जित्दै वडावासीकै साथमा रहेर आवश्यक कामकार्वाही अगाडी बढाउँदै लग्ने अध्यक्ष गुरुङको प्रतिवद्दता देखिन्छ । गुरुङको प्रतिवद्दतामा बर्जु गाउँपालिकाका अध्यक्ष जीवच्छ रायको समेत ऐक्यवद्दता रहेको पाइयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]