११ जेठ २०८२, शनिबार
24-05-2025 , Sat
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

कानेपोखरीको थुक्पा

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९

निरज बस्नेत
कानपोखरी, पुष २७
विराटनगरबाट पूर्वतर्फ हाइवेमा अवस्थित कानेपोखरी जक्सन रमाइलो ठाउँ हो । जहाँ हाइवेको मज्जामा यो जाडोमा तातो तातो थुक्पा खान पाइन्छ ।

थुक्पा जाडोमा खाँदाको विछ्छटै मज्जा छ । थुक्पा पारखी विराटनगर कंचनवारीकी स्मीता दाहाल समय मिलाएर, थुक्पा खानकै लागि कानेपोखरी जाने गरेको बताउँछिन् । रातो कलरको स्कुटीमा साथी स्वस्तीलाई लिदै अक्सर स्मीता कानेपोखरी जाने गरेको बताउँछिन् ।

स्मीताजस्तै विराटनगरकै हर्कमाया गुरुङ हस्पिटल चोकमा बस्छिन् । हर्कमाया पूर्वको कामको सिलासिलामा काकरभिट्टासम्मै पुग्छिन् । यिनको कपडाको होलसेल कारोवार छ । हुन त यिनी जोगबनी पनि कपडा लिन धाउँछिन् । तर, खाजामा तातात्तो थुक्पा भनेपछि यिनी हुरुक्कै हुन्छिन् । त्योपनि कानेपोखरीको जिब्रो रसाउँने थुक्पा ।

यहाँस्थित थुक्पा खानेको संख्या दिनहुँ बाक्लै हुने गरेको छ । कानेपोखरी चोकमा ५० जति होटल लगभग छन् । यहाँको होटलमा थुक्पाको साथमा, मम, चाउमिन, मासु चिउरा, खाना, लगायत अन्य खानाका धेरै परिकारहरु पाइन्छ ।

जाडोमा रम, दारु, को साथमा रमाउनेको आनन्द पनि हुन्छ नै, जोडी जोडी मिलेर सररर बाइकमा हुँइकिदै डेटिङ जाने अनि खाजामा थुक्पाको मज्जा लिने, अझै जुठो खाने र माया बढाउने, यो हो नी माया सँगसँगै रमाउने त्योपनि पूर्वको कानेपोखरीमा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १० जेष्ठ । गणतन्त्र दिवसकै दिन पारेर  राजावादी समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आन्दोलन घोषणा गरेसँगै यसबारे चर्चा–परिचर्चा हुँदै आएको छ भने उक्त समूहले अहिले आन्तरिक तयारीलाई तीव्रता दिइरहेको छ । सुवेदीको नेतृत्वमा गत चैत ४ मा पहिलो पटक राजसंस्था पुनर्स्थापनाका लागि भन्दै […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]

झापा, जेठ १० । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बरावरको स्कूल व्याग सहितका स्टेशनरी […]