०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

खेलकुद वोर्डकी उपाध्यक्ष कार्कीविरुद्ध ब्ल्याकमेलिङ केश गर्ने तयारीमा व्यवसायी शिवाकोटी

Logo

निरज बस्नेत
विराटनगर, पुष २८
प्रदेश १को खेलकुद विकास वोर्डकी उपाध्यक्ष जिनाजंग कार्की विरुद्ध विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले ब्ल्याकमेलिङको मुद्दा दर्ता गर्ने भएका छन् । उपाध्यक्ष कार्कीले फेसबुकमा जथाभावी लेखी आफुलाई ब्ल्याकमेलिङ गर्न खोजेको भन्दै सो कदम चाल्न बाध्य भएको शिवाकोटीले जनचर्चा डटकमलाई बताएका छन् ।

कार्कीले मंगलवार साँझ फेसबुकमा एक पोष्ट गरी शिवाकोटीले आफुलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले पोष्टमा लेखेकिछन् ‘आज विराटनगरमा आयोजित एक कार्यक्रमक सकेर फर्किने क्रममा भेट हुँदा मादक पदार्थ सेवन गरी बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकोटीले मलाई गरेको व्यवहारप्रति मेरो आपत्ति छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक ठाउँमा के कसरी बोल्ने र व्यवहार गर्ने भन्ने हेक्का राख्नुपर्छ। मर्यादामा बस्न र आफ्नो बानी र व्यहोरा सुधार गर्न म शिवाकोटी महोदयलाई आग्रह गर्दछु। नत्र कानुनी र अन्य उपचारका धेरै विधिहरू रहेको स्मरण गराउन चाहन्छु।’

मंगलबार साँझ विराटनगरको रत्ना होटलमा पार्किङबाट स्कुटी निकाल्ने क्रममा शिवाकोटीले आफुलाई अँगालो हालेको कार्कीले आरोप लगाएकी छिन् । शिवाकोटीले मादकपदार्थ सेवन गरी आफुलाई दुर्व्यवहार गरेको कार्कीले विभिन्न मिडियाहरुमा अभिव्यक्ति समेत दिएकी छिन् ।
उता जनचर्चा डटकमसँग भएको कुराकानीमा अध्यक्ष शिवाकोटीले भने “ न केही हामीले गरेको छ । उ (जिना कार्की) विरुद्ध भोली (बुधवार) मुद्दा हाल्दै छु । कि (दुर्व्यवहार गरेको) प्रमाण हामीलाई बुझाउनु पर्यो ।” त्यसदिन कार्कीसँग तँपाइको भेट कसरी भयो भन्ने प्रश्नमा शिवाकोटीले भने “भेट भाकै छैन, यो कुरा कसरी आयो हामी आफै आश्चर्र्यमा परिरहेका छौं । यो ब्ल्याकमेलिङ भईरहेको छ, उसको विरुद्ध भोली हामी केश गर्दैछौं।”
शिवकोटीले बुधबार ब्ल्याकमेलिङको मुद्दा दर्ता गर्ने भनेता पनि सो दिन सार्वजनिक विदा परेकाे थियो । र आज यो समाचार तयार पार्दासम्म शिवाकोटीले मुद्दा दर्ता गरे÷नगरेको बारे कुनै जानकारी प्राप्त भएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]