१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

खेलकुद वोर्डकी उपाध्यक्ष कार्कीविरुद्ध ब्ल्याकमेलिङ केश गर्ने तयारीमा व्यवसायी शिवाकोटी

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९

निरज बस्नेत
विराटनगर, पुष २८
प्रदेश १को खेलकुद विकास वोर्डकी उपाध्यक्ष जिनाजंग कार्की विरुद्ध विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले ब्ल्याकमेलिङको मुद्दा दर्ता गर्ने भएका छन् । उपाध्यक्ष कार्कीले फेसबुकमा जथाभावी लेखी आफुलाई ब्ल्याकमेलिङ गर्न खोजेको भन्दै सो कदम चाल्न बाध्य भएको शिवाकोटीले जनचर्चा डटकमलाई बताएका छन् ।

कार्कीले मंगलवार साँझ फेसबुकमा एक पोष्ट गरी शिवाकोटीले आफुलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले पोष्टमा लेखेकिछन् ‘आज विराटनगरमा आयोजित एक कार्यक्रमक सकेर फर्किने क्रममा भेट हुँदा मादक पदार्थ सेवन गरी बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकोटीले मलाई गरेको व्यवहारप्रति मेरो आपत्ति छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक ठाउँमा के कसरी बोल्ने र व्यवहार गर्ने भन्ने हेक्का राख्नुपर्छ। मर्यादामा बस्न र आफ्नो बानी र व्यहोरा सुधार गर्न म शिवाकोटी महोदयलाई आग्रह गर्दछु। नत्र कानुनी र अन्य उपचारका धेरै विधिहरू रहेको स्मरण गराउन चाहन्छु।’

मंगलबार साँझ विराटनगरको रत्ना होटलमा पार्किङबाट स्कुटी निकाल्ने क्रममा शिवाकोटीले आफुलाई अँगालो हालेको कार्कीले आरोप लगाएकी छिन् । शिवाकोटीले मादकपदार्थ सेवन गरी आफुलाई दुर्व्यवहार गरेको कार्कीले विभिन्न मिडियाहरुमा अभिव्यक्ति समेत दिएकी छिन् ।
उता जनचर्चा डटकमसँग भएको कुराकानीमा अध्यक्ष शिवाकोटीले भने “ न केही हामीले गरेको छ । उ (जिना कार्की) विरुद्ध भोली (बुधवार) मुद्दा हाल्दै छु । कि (दुर्व्यवहार गरेको) प्रमाण हामीलाई बुझाउनु पर्यो ।” त्यसदिन कार्कीसँग तँपाइको भेट कसरी भयो भन्ने प्रश्नमा शिवाकोटीले भने “भेट भाकै छैन, यो कुरा कसरी आयो हामी आफै आश्चर्र्यमा परिरहेका छौं । यो ब्ल्याकमेलिङ भईरहेको छ, उसको विरुद्ध भोली हामी केश गर्दैछौं।”
शिवकोटीले बुधबार ब्ल्याकमेलिङको मुद्दा दर्ता गर्ने भनेता पनि सो दिन सार्वजनिक विदा परेकाे थियो । र आज यो समाचार तयार पार्दासम्म शिवाकोटीले मुद्दा दर्ता गरे÷नगरेको बारे कुनै जानकारी प्राप्त भएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]