०७ फाल्गुण २०८१, बुधबार
19-02-2025 , Wed
Gold Silver Price (6 Fagun 2081, TUE)
Fine Gold 1 Tola NRs. 169900
Silver 1 Tola Nrs. 1985

शनिबार झापामा लियो जिल्ला ३२५ सिको दोश्रो परिषद् बठैक बस्दै

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

विर्तामाेड, पुष २९
लायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत लियो जिल्ला परिषद् ३२५ सि नेपालकाे दोश्रो परिषद् बैठक शनिबार झापामा बस्ने भएकाे छ ।
परिषद्ले पहिलो परिषद् बैठक तथा पदस्थापन कार्यक्रम बिराटनगरमा आयोजना गरेको थियो। यसपटकको दोश्रो बैठक भने झापाको बिर्तामोड स्थित सि पि होटेलमा हुने तय भएकाे छ ।  उक्त कार्यक्रमलाई  रिजन थ्रीले हस्ट गर्ने लियाे जिल्ला परिषद् ३२५सि का अध्यक्ष  शिद्दार्थ शाहले जानकारी दिएका छन् ।

कार्यक्रम बिर्तामोडमा आयोजना हुने भएकाले परिषद्ले जिल्लाभर भएका लियो सदस्यहरूलाई सहजताका साथ कार्यक्रममा सहभागी गराउनका लागि अनलाइन दर्ताको समेत व्यवस्था समेत गरिएकाे छ । बैठकमा परिषदले आफ्नो फेसबुक पेज मार्फत स‌ंचालन गरेकाे हाजीरीजवाफकाे  केही उत्तरदाताहरुलाई विभिन्न पुरस्कार समेत प्रदान गर्ने भएकाे छ। सोही दिन शान्ति र्‍याली, उत्कृष्ट ब्यानर प्रस्तुत प्रतियोगिता समेत आयाेजना हुने भएकाे छ। परिषद्ले लियो सदस्यहरु भित्र रहेको प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यका साथ  बैठककै दिन बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गर्दैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,६ फाल्गुन ।  कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गर्न लागिएको नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितामा दुई वटा भारतीयसहित १० वटा टिम सहभागी हुने पक्का भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलनमार्फत भारतका दुई र नेपालका विभागीयसहित आठ वटा गरी प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी दिइयो […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]

 विराटनगर,५ फाल्गुन । किशोरीहरुमा हुने हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने महिला सेल्फ डिफेन्स तालिम समापन भएको छ । विराटनगरको सत्यनारयण स्कुलमा उक्त तालिम आइतबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले विद्यालय पढने किशोरीहरुलाई आत्मरक्षाको लागि विद्यालयस्तरमा भएको सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो […]