१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

शनिबार झापामा लियो जिल्ला ३२५ सिको दोश्रो परिषद् बठैक बस्दै

Logo

विर्तामाेड, पुष २९
लायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत लियो जिल्ला परिषद् ३२५ सि नेपालकाे दोश्रो परिषद् बैठक शनिबार झापामा बस्ने भएकाे छ ।
परिषद्ले पहिलो परिषद् बैठक तथा पदस्थापन कार्यक्रम बिराटनगरमा आयोजना गरेको थियो। यसपटकको दोश्रो बैठक भने झापाको बिर्तामोड स्थित सि पि होटेलमा हुने तय भएकाे छ ।  उक्त कार्यक्रमलाई  रिजन थ्रीले हस्ट गर्ने लियाे जिल्ला परिषद् ३२५सि का अध्यक्ष  शिद्दार्थ शाहले जानकारी दिएका छन् ।

कार्यक्रम बिर्तामोडमा आयोजना हुने भएकाले परिषद्ले जिल्लाभर भएका लियो सदस्यहरूलाई सहजताका साथ कार्यक्रममा सहभागी गराउनका लागि अनलाइन दर्ताको समेत व्यवस्था समेत गरिएकाे छ । बैठकमा परिषदले आफ्नो फेसबुक पेज मार्फत स‌ंचालन गरेकाे हाजीरीजवाफकाे  केही उत्तरदाताहरुलाई विभिन्न पुरस्कार समेत प्रदान गर्ने भएकाे छ। सोही दिन शान्ति र्‍याली, उत्कृष्ट ब्यानर प्रस्तुत प्रतियोगिता समेत आयाेजना हुने भएकाे छ। परिषद्ले लियो सदस्यहरु भित्र रहेको प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यका साथ  बैठककै दिन बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गर्दैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]